AArya
RUMPUM
animated ellipse animated ellipse

नहरको तटबन्धन निमार्ण गर्न साढे ४ करोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७४, शनिबार ०५:३३
3
Shares
विराटनगर, २० माघ/ सुनसरी मोरङ सिचाइ योजनाले बर्खाको समयमा खोलामा आउने बाढीबाट नहर जोगाउनको लागि ४ करोड ५० लाखको लागतमा तटबन्धनको निमार्ण कार्यलाई तिव्र गतिमा अगाडी बढाएको छ ।

वर्षेनी चिसाङ खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा पर्ने भएपछि बेलवारी नगरपालिका – ७ कदमा चौकमा तटबन्धन निमार्ण कार्य धमाधम गरिएको हो ।

यहाँका स्थानीयले उचित तटबन्धन नहुंदा वर्षेनी स्थानीयले असुरक्षित महशुस गर्नुपर्ने अवस्था रहेको थियो । ‘पूर्वको ठूलो खोलाको रुपमा चिसाङ्ग पनि पर्दछ,’ सुनसरी मोरङ सिचाइ आयोजनाको इन्जिनियर प्रेमचन्द्र झाले भने, ‘खोलो कटान गर्न थालेपछि नहर जोगाउनको लाग तटबन्धनको काम अगाडी बढाएका हौं ।

बाढीले कमजोर भू–भागमा कटान गरि वस्तीलाई समेत असर गदर्छ । उनले भने, ‘उचित तटबन्धनको व्यवस्था गर्न सकिए कृषकहरुले सिचाईको उपभोग गर्दै आएको नहर र तटीय क्षेत्रका खेतीयोग्य जमिनहरु जोगाउन सकिन्छ ।’

वर्षौदेखी सिचाईको उपभोग गर्दै आएका उपभोक्ताहरु पनि तटबन्धनले सम्भावित जोखिम न्यूनिकरण हुनेमा विश्वस्त बनेका छन् ।

सबैभन्दा बढी बाढीले असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालिमन्दिर क्षेत्रमा हाल पाँच सय मिटर लामो तटबन्धन गरिएको छ । नदी नियन्त्रण बेलैमा नगरिए बर्खाको समयमा नहर जोखीममा पर्ने भएकोले अहिले देखि नै धाधम निमार्ण गरिएको इन्जिनियर झाले बताए ।

‘स्वामी नारयण आर्शिवाद जेबी ग्रुप’ उदयपुरले निमार्णको जिम्मा पाएको उक्त परियोजनाको ६० प्रतिशत निमार्ण कार्य पुरा भएको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि सुरु भएको परियोजना असार मसान्त भित्रमा सक्ने गरी निमार्ण कार्य सुरु गरिएको सुनसरी मोरङ सिचाई आयोजनाको इन्जिनियर झाले जानकारी दिए । ५ सय मिटरसम्म तटबन्धन गर्ने बताइएको छ ।

सुनसरी मोरङ सिचाई योजनबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिचाईको सुविधा हुने गर्दछ ।

त्यसैगरी गएको साउनमा आएको बाढीले बुढीगंगा गाउँपालिका – ३ बौराहामा भत्कीएको नहरको बाधसमेत सुनसरी मोरङ सिचाइ योजनाले निमार्ण गरेको छ । बाढीले विराटनगर शाखा ‘डी’ सिस्टम तिरको नहर भत्काएपछि हाल अस्थाही रुपमा सञ्चालनको लागि १ सय मिटरको बाध निमार्ण गरिएको हो ।

बाध भत्कीएको दुई महिनामा निमार्ण कार्य सम्पन्न गरी अहिले पूर्ण रुपमा सञ्चालनमा आएको सुनसरी मोरङ सिचाई योजनका इन्जिनियर सुकदेव शर्माले जानकारी दिए । उनका अनुसार ४० लाख लागतमा निमार्ण कार्य सम्पन्न गरेको बताए । ‘अहिले अस्थायी रुपमा बाध निमार्ण गरी नहर सञ्चालनमा ल्याएको छौं,’ शर्माले भने, ‘बजेट आएपछि यस क्षेत्रमा स्थायी रुपको लागि निमार्ण गर्नेछौं ।’

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका ६ मा नेताचौकमा पर्ने ‘जुरी पैनी’ को कल्भट समेत सुनसरी मोरङ सिचाई योजनाले निमार्ण गरिदिएको छ । १० लाख रुपैयाँ लागतामा स्थानियलाई आवतजावतमा सजिलो पु¥याउन उक्त पुलमा कल्भट निमार्ण गरिदएको हो ।

निमार्ण कार्य अन्तिम चरणमा रहेको सो पुल चाँडै सञ्चालनमा आउने जुरी पैनी उपभोक्ता समितिको अध्यक्ष तिलक माझीले बताए । ‘पैनीको पुल बनेपछि हामीलाई राहत मिल्छ,’ उनले भने, ‘पुल नबन्दा बजार जादा घुमरे जाने समस्याको अन्त्य हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर