खबर पूर्वाञ्चल
बजेट अभावका कारण आयोजनाको काम ठप्प भएको हो । यस अघि पनि पटकपटक बजेट अभावका कारण रोकिएको आयोजना ठेकदारले भुक्तानी नपाएपछि फेरि रोकिएको छ ।
हाल विराटनगरको रानीदेखि सुनसरीको इटहरीको सडक ६ लेनमा विस्तार गर्न विभिन्न प्याकेजमा काम भइरहेको थियो ।
०७३/७४ मा पनि दोश्रो चौमासिको सुरुमा नै बजेट सिद्धिएर बैशाखमा थप निकासा नआएपछि ठेकेदार कम्पनीले काम रोकेको हो ।
चालु आवमा पनि दोश्रो चौमासिक बजेट सकिएपनि थप वजेट नआउँदा सडक विस्तारको काम रोकिन पुगेको आयोजनाले जनाएको छ । काम रोकिनु पूर्व सडक बिस्तारको काम विभिन्न १३ वटा प्याकेजमा भइरहेको थियो ।
प्रदेश १ को मेरुदण्डको रुपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोशी राजमार्गको रानी विराटनगर-इटहरी-धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा छ ।
व्यापारिक मार्ग विस्तार आयोजना इटहरी कार्यालयका इन्जिनियर सुमोद पोखरेलले बजेट अभावका कारण निर्माण कम्पनीको बील भुक्तानी गर्न नसक्दा विस्तारको काम रोकिएको बताए ।
उनले बिभिन्न १३ वटा प्याकेजमा सडक विस्तारको काम भइरहेतापनि हालसम्म सम्पन्न भएको कामको बील भुक्तानी दिन नसकेका कारण ठेकदार कम्पनीले विस्तारको काम रोकेको बताए ।
आयोजनासँंग पैसा छैन,’सडक बिस्तारको काम सम्पन्न भइसकेको बील भुक्तानी दिने अवस्थामा आयोजना छैन,’ इन्जिनियर पोखरेलले भने, ‘यस्तो अवस्थामा सडक विस्तारको काममा समस्या भएको छ ।’
इन्जिनियर पोखरेलका अनुसार १३ वटा प्याकेज अन्तर्गत विभिन्न् खण्डमा सम्पन्न भएको सडक विस्तारको कामका लागि ठेकेदार कम्पनीलाई साढे एक अर्व रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
१३ वटा प्याकेटमा सडक विस्तारको काम भइरहेको सडकका लागि चाल् आवका लागि ५९ करोड रुपैयाँ निकासा भएको आयोजनाले जनाएको छ ।
वहुवर्षीय योजना अन्तर्गत वजेट प्रत्येक वर्ष सानो अंशमा आउने गरेको आयोजनाले जनाएको छ ।
विराटनगरको रानी क्षेत्रमा सडक विस्तारको ठेक्का पाएको आशिष रोशन एपेक्सका इन्जिनियर राजेश वोहराले विस्तारको काम सम्पन्न भएको विलको भुक्तानी आयोजनावाट प्राप्त नहुँदा विस्तारको काम रोक्नु परेको वताए ।
तीन महिनादेखि बील भुक्तानी रोकिएको हुँदा विस्तारको काम अघि बढाउन नसकिएको उनले जानकारी दिए ।
०६९/०७० बाट विराटनगरको रानीहुदै इटहरी र धरान जोडने मार्ग ६ लेनमा विस्तार गर्ने काम थालनी भएको थियो ।
कुल ४९ कि.मी. लामो सडकको लागत १० अरव ९८ करोड सो सडकको विस्तारको ठेक्का लागेको थियो । सुननसरीको तरहरादेखि धरान र सुननसरीको दुहवी वजार क्षेत्रको सडक विस्तारको ठेक्का भने अझै लाग्न सकेको छैन ।
सुनसरीको तरहरादेखि धरानसम्मको १५.५ किलोमिटर सडक विस्तारको ठेक्का सम्झौता भएको छैन ।
आब ०७५/०७६ सम्ममा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि सडक विस्तारको काम हालसम्म ३० प्रतिशत मात्रै पूरा भएको आयोजनाले जनाएको छ ।
अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्वीकृती तथा श्रोत सुनिश्चितता नदिएकोले यो सडक पूर्वाञ्चलको मुख्य व्यापारिक मार्ग भएतापनि ओझेलमा परेको छ ।
६ लेनको भनेपनि मनपरी मापदण्ड
व्यापारिक मार्ग विस्तार आयोजनाका अनुसार बिराटनगरको रानीदेखि इटहरी हुदै धरानसम्म ६ लेनमा विस्तार गर्ने भनिएपनि यो सडक विस्तारका क्रममा मनपरी मापदण्ड तयार पारिएको छ ।
विस्तार गरिएको सडक केन्द्र रेखाबाट दायाँवायाँ २५/२५ मिटर चौडाइमा ६ लेनमा विस्तार हुनुपर्ने भर्ने मापदण्ड भएपनि विराटनगर र दुहवी क्षेत्रमा सडकको चौडाइ घटाइएको छ । सडक विस्तार भएका अन्य खण्डमापनि सबै क्षेत्रमा यो मापदण्डलाई अवलम्वन गरेको पाइदैन ।
राजनैतिक स्वार्थका कारण विराटनगर इटहरी हुँदै धरानको सडक विस्तारको सडकको सीमा घटाएर आयोजनो जनाएको छ ।
२०४६ साल पश्चात राजनैतिक स्वार्थका कारण तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको पहलमा दुहवी बजारको ६३० मिटर लम्बाईमा सडक सीमा घटाएर सडक केन्द्र रेखाबाट दायाँबायाँ २७/२७ फिट बनाइएको छ ।
त्यसैगरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा विराटनगर नगरपालिका क्षेत्रमा सडक सीमा घटाएर १५/१५ मिटर बनाइएको देखिन्छ ।
तत्कालीन पञ्चायत सरकारको पालामा राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ अन्तर्गत २०२१ साल फागुण ११ गतेको सूचना बमोजिम जोगवनी विराटनगर,विराटनगर-धरान सडकको सडक सीमा सडक केन्द्र रेखाबाट दायाँवायाँ २५/२५ गज कायम गरिएको थियो ।अनलाइनखबर