RUMPUM
animated ellipse animated ellipse

छ महिनामा ६ लाख राजस्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७४, शुक्रबार १७:१९
3
Shares
पथरी, १९ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले छ महिनाको कार्यदिनमा करिव ६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । ४ नं. वडा कार्यालयले विभिन्न सिफारिस, मालपोत, जरिवानालगायत गरी यस अवधिमा ५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

वडा कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नाता प्रमाणित, नागरिकता सिफारिस, विवाह, जन्म दर्ता, बसाई सराईका साथै विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको जानकारी दिइएको हो । नगरपालिकाभरीका अन्य वडा कार्यालयहरु व्यवस्थित हुन नसकिरहेको अवस्थामा चार नं. वडा कार्यालयले भने छोटो अवधिमै उल्लेखनीय कार्य गर्न सफल भएको हो ।

१ सय ८० दिन अर्थात् पुस मसान्तसम्मको कार्यअवधिमा २ सय ७० वटा नागरिकता सिफारिस, १९ वटा नाता प्रमाणित, ३ सय ९८ वटा अन्य सिफारिस, ६० वटा विवाह दर्ता, १२२ वटा जन्म दर्ता, २९ वटा जन्म दर्ता र ५४ वटा बसाई सराई दर्ता गरिएको वडाध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए ।

यस्तै, वडा कार्यालय मार्फत् सञ्चालित साना ठूला गरी ५० वटा विकास निर्माणका योजना मध्ये ९० प्रतिशत उपभोक्ता समिति गठन भई सकेको छ । जसमा ५० प्रतिशत योजनाहरु सुचारु भइसकेका छन् भने केही साना योजनाहरु सम्पन्न समेत भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाबाट चार नम्बर वडाका विभिन्न शीर्षकमा विनियोजन भएको १ करोड ३४ लाख मध्ये महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, आदिवासी जनजाति, विभिन्न संघसंस्था, बाटो, विजुली, शिक्षा, पैनी, कृषीलगायतका क्षेत्रमा खर्च गर्ने योजना रहेको छ ।

यस अवधिमा वडाध्यक्ष भण्डारीको अगुवाईमा वडा सदस्यहरुसहितको उपस्थितिमा प्राकृतिक विपत्तीमा परेकाहरुलाई राहत वितरणलगायतका मानवीय कार्यहरु पनि गरेको छ । जसमा आगलागिमा परेका कविहाङ लिम्बूलाई रु. १० हजार, विपन्नताका कारण आत्महत्या गरेका प्रकाश कार्कीका परिवारलाई रु. १० हजार, शितलहरका कारण कष्टकर जीवन विताईरहेका विपन्न १३ परिवारलाई न्यानो कपडा वितरणसमेत गरेको छ ।

वडा कार्यालयले विभिन्न समयमा विकास निर्माण भइरहेका क्षेत्र, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर