RUMPUM
animated ellipse animated ellipse

शुद्याई र बढाईमा बन्दुक पड्कन्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७४, शुक्रबार ०७:३४
3
Shares
गोपाल काफ्ले 
पथरी, १९ माघ /पहाडी भेगमा अझैपनि शुद्याई र बढाईमा बन्दुक पड्काउने चलन कायमै छ । पछिल्लो समयमा लोभ हुँदै आएको शुभकार्यको अवसरमा बन्दुक पड्काएर वा सलामी दिने चलन पुर्ण जगेणा गर्न थालिएको छ ।

तराईमा नदेखिने उक्त संस्कार पहाडी भेगका लिम्बू र राई भित्रको याक्खाहरुले जोगाउदै आएका छन । संखुवासभाको माम्लिङका याक्खा समुहले आफ्नो बाउबाजे देखि चलिआएको परमपरा संस्कार अनुसार मानिस मर्दा र बिबाहको साईतको बेला बन्दुक पड्काउने गरेका छन ।

पहिले पहिले बन्दुकबाट सलामी दिने गरेका थिए भने पछिल्लो समयमा गाउँमा भएको बन्दुक माओबादिले लगेका कारण उक्त संस्कार लोभ भए पनि आज भोलि फलामको नालमा बारुद भरि सलामी दिने गरेको याक्खा समुदाय देखिएको छ ।
याक्खा समुदायाम बन्दुक पड्काउने संगै बेहुलाले घाम झुल्कीनु भन्दा अगाडिनै चिसो पानिले नुहाउनु पर्ने, पिपलमा धोजा चडाई रागा काट्ने र भोज नसकुन्जेल बेहुली भित्रयाउन नहुने जस्ता आफ्नो परमपरा चलिआएको छ ।

धर्मदेवि नगरपालिका ४ माम्लिङ संखुवसभाका चित्रसेन सोम्याहाङका कान्छा छोरा संजय सेन सोम्याहाङले आफ्नो संस्कार अनुसार माघ ११ गते बिबाह गरेका छन । जुन बिबाहमा याक्खा संस्कार अनुसार १–१ घण्टामा बारुद पड्काएर साईतको जानकारी जगाईन्थियो ।

याक्खा समुदायको अनुसार बिबाहमा पञ्चेबाजा बजाएर साईत जगाए जस्तै रहेको र देवि देवता खुसि हुने बिश्वास रहेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर