AArya
RUMPUM
animated ellipse animated ellipse

सेवा सुविधा बढाउन माग राख्दै कर्मचारीको ज्ञापनपत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १९:०५
3
Shares
विराटनगर, १५ माघ / सेवासुविधा बढाउनु पर्ने माग राख्दै मोरङ जहदा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले लामो समयदेखि कर्मचारीहरुको सेवा सुविधा नबढाएको भन्दै उनीहरुले जहदा गाउँपालिमा आज ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद जहदा गाउँपालिकाको अध्यक्ष अमरनाथ सरदारले नेतृत्वमा आएको कर्मचारीले गाउँपालिको प्रमखु कैलाशप्रसाद मण्डललाई ज्ञापनपत्र बुझाएका थिए । ‘सँगै काम गर्ने शिक्षकहरुको सेवा सुविधा वृद्धी हुँदै आएको छ,’ कर्मचारी परिषदको अध्यक्ष सरदारले भने, ‘एउटै छतमा बसेर काम गर्ने कर्मचारीको भने सेवा सुविधा वर्षौ देखि वृद्धी भएको छैन् ।’ उनका अनुसार जहदा गाउँपालिमा २८ वटा सामुदायिक विद्यालयमा ४३ जना कर्मचारीहरु कार्यरत छन् । कर्मचारीहरुले ०६८ सालदेखि विद्यालय साहयकलाई ११ हजार ५ सय र सहयोगलाई ७ हजार ५ सय रुपैयाँ सरकारले दिदै आएको छ ।

यता ज्ञापन पत्र बुझदै गाउँपालिको प्रमुख मण्डलले कर्मचारीहरुको मागलाई पुन विचार गर्ने बताए । ‘संघिय संरचना अनुसार शिक्षा हेर्ने जिम्मेवारीसमेत स्थानिय निकालमा आएको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारीहरुको मागको विषयमा बोर्ड बैठक लानेछु ।’

नेपाल विद्यालय कर्मचारी परिषदले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै देशभरीको स्थानिय तहको प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर