AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १८:४६
3
Shares
विराटनगर, १५ माघ/विराटनगरमा जारी ८ औं हिसानस्पोर्टस् मिट अन्तर्गत भएको फुटबलमा निजयी हुँदै ग्रिनल्याण्ड र मेरील्याण्ड कलेज फाइलनमा प्रवेश गरेको छ । फाइनल खेल म्रगलबार हुने छ ।

स्थानिय सहिद रङगशालमा भएको पहिलो सेमिफानल खेलमा अरनीको कलेजलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरी ग्रीनल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ । जितको लागि ग्रिनल्याण्डका सरध राई र पेमा गुरुङले २÷२ गोल गरे भने सविन माझीले एक गोल गरे ।
खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।

दोस्रो सेमिफाइनल खेलमा मेरिल्याण्ड कलेज लर्डबुद्ध कलेजलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

निकै रोमान्चक भएको खेलको निर्धारित समयसम्म गोल रहित बरावरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाईब्रेकरमा मेरिल्याण्डका रिसव अधिकारी, स्वीकार भट्टराई, चन्दन मारीक र करण सुनवारले गोल गरे । लर्डबुद्धका अजय कार्की र विनेस तुलाधारले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मेरिल्याण्डका करण सुनवार घोषित भए ।

भलिबलको फाइनलमा अरनीको र रेडस्टार
विराटनगरको कोशी क्याम्पसनमा सोमबारै भएको महिलातर्फको भलिबलमा अरनीको र पथरीशनिश्चरेमा रहेको रेडस्टार विजयी भइ फाइनलमा प्रवेश गरेको छ । मंगलबार हुने फाइनलमा यी दुई कलेजबिच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको भलिबलको पहिलो खेलमा कोशी कलेजलाई अरनीकोले २५–१८, २५–१९ को सोझो सेटले पराजित गरी अरनीको फाइनलमा प्रवेश गरेको ग¥यो ।

दोस्रो खेलमा शिक्षादिपलाई पथरीमा रहेको रेडस्टारले २५–२०, २५–७ को सोझो सेटले पराजित गरी रेडस्टार फाइनलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर