पूर्वाञ्चल खबर
सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा कार्यलय आजदेखि विराटनगरमा शुरु भएको छ ।

उद्घाटनको अवसर पारेर “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रले आजै विद्यार्थीहरुका लागी फ्रि सेमिनार पनि गरेको छ । सेमिनार कार्यक्रममा अष्ट्रेलिया पढ्न चाहने विद्यार्थी तथा उनीहरुका अभिभावक, स्थानिय वुद्धीजीवी र शिक्षाविदहरुको उपस्थित रहेको थियो ।
सेमिनारमा करिव १ सय २० जनाले प्रत्यक्ष रुपमा परामर्स लिई फारम समेत भरेको विराटनगर शाखा प्रमुख दाहालले जानकारी दिए । सेमिनार कार्यक्रममा अष्टे«लियका ४ वटा युनिभर्सिटीका आधिकारी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
केन्द्रले विगत १४ वर्षको अवधिमा करीव २० हजार नेपाली विद्यार्थीहरुलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि अष्ट्रेलियाका सेवा उपलव्ध गराएको जनाएको छ ।
केन्द्रद्धारा अष्ट्रेलियाका विभिन्न चारवटा विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले सहज रुपमा भीषा उपलव्ध प्रकिया संचालन गरी स्नातक तहदेखि माथिल्लो तहका उच्च शिक्षा अध्ययन गर्न प्रत्येक वर्ष १ हजार पाँच सयदेखि दुई हजार विद्यार्थीहरु जाने गरेको जानकारी गराएको छ ।