खबर पूर्वाञ्चल
विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै राईले दुई मूल नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भए दुवै पदमा एउटै वा फरक फरक व्यक्तिले पनि नेतृत्व गर्न सक्ने बताए । ‘दुई मूल नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भयो भने दुवै पदमा एउटै व्यक्ति पनि हुनसक्छ,’ राईले भने, ‘होइन फरक–फरक व्यक्ति हुनुपर्छ भन्ने विषयमा सहमति भयो भने त्यसै पनि हुनसक्छ ।’ विचार र नीतिको विषयमा भने तत्कालिन विषय मिलाएर महाधिवेशनबाट नीति तथा कार्यक्रम ठोस गर्नुपर्नेमा राईले जोड दिए ।
सरकार गठनभन्दा अगाडि पार्टी एकता होस् भन्ने आफ्नो चाहना भए पनि नीति र नेतृत्वको विषयले केही दिन लम्बिनसक्ने भएका कारण सरकार गठन रोक्नु नहुने उनको धारणा छ ।
ढिलो भएपनि आउँदो फागुनको २ गते भित्रमा प्रदेशसरकार बनिसक्ने राईले बताए । आफू १ नम्बर प्रदेशको मुख्यमन्त्रीको बलियो दाबेदार भएको दोहो¥याउँदै राईले पार्टी स्थायी समितिको बैठकले मिति तय गरेपछि संसदीय दलको बैठक बस्नेत र दलको नेता चुनिने बताए । पार्टीका अन्य नेताले पनि मुख्यमन्त्रीमा चाहना राख्नु र संसदीय दलमा जित्छु भन्नु अन्यथा नभएको राईले बताए ।
अर्को प्रसंगमा राईले अहिलेको सरकारले गरेका कतिपय गलत निर्णय नयाँ सरकारले खारेज गर्ने बताए । ‘कामचलाउ सरकारले भटाभट निर्णय गर्नु गलत हो,’ राईले भने, ‘राजिनामा दिने बेलामा नयाँ सरकारले कार्यान्वयन गर्ने गरि अहिले गरिका जथाभावी निर्णय नयाँ सरकारले खारेज गर्छ ।’