AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश संसद सचिवालयको मर्मत तीब्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७४, आईतवार ०६:४०
3
Shares
विराटनगर, १४ माघ/ शनिबार मध्यान्ह विराटनगरको जिल्ला समन्वय समितिको कार्यालय पुग्दा कार्यालयको रंगरोगन र मर्मतमा कर्मचारी खटिरहेका थिए ।

१ नम्बर प्रदेशको संसदको पहिलो बैठक कहिले बस्ने टुंगो लागेको नभएपनि छिट्टै बस्ने मिति तोकिने सरकारी निर्देशन अनुसार हलको व्यवस्थापनमा स्थानीय प्रशासन लागिरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको प्रत्यक्ष नेतृत्वमा सचिवालयको व्यवस्थापनको काम अघि बढिरहेको हो । ‘काममा खटाइएका कर्मचारी र लेबरहरुले रात दिन नभनि काम गरिरहेका छन्,’ आचार्यले भने, ‘तत्काल सक्नु र तयारी अवस्थामा रहनु भन्ने हामीलाई निर्देशन छ ।’

१ सय ४० सिट क्षमता रहेको जिल्ला समन्वय समितिको ग्राउण्ड फ्लोरमा रहेको हलमा कार्पेट सिट मिलाउने र कार्पेट ओछ्याउने काम भने अझै सुरु भएको छैन । ‘सरकारले हलको मापदण्ड हिंजो मात्रै तोकेको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘सोही मापदण्ड अनुसार कुन रंगको कार्पेट, कुर्सी र हल भित्रको व्यवस्थापनको काम भइरहेको छ ।’

प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन, मुख्यमन्त्रीको कार्यालय तथा अन्य मन्त्रालयको नाम टुंगो लागिसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग–पर्यटन–वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय, प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालय रहनेछन् ।

उक्त कार्यालय र सचिवालयका लागि २ सय ४४ कर्मचारीको आवश्यकता रहने मापदण्ड पनि केन्द्र सरकारले तय गरिसकेको छ । केन्द्र सरकारले अहिलेसम्ममा १ नम्बर प्रदेश प्रमुख सचिवमा यादव कोइराला, मुख्यमन्त्रीको कार्यालय सचिवमा सन्तोष श्रेष्ठ, आन्तरिक मामला तथा कानून मन्त्रालय सचिवमा यज्ञ बहादुर क्षेत्री र प्रदेश प्रमुखको कार्यालय सचिवमा रामकृष्ण गुरागाईंलाई पठाउने भएको छ । अन्य सचिव, उपसचिव तथा अधिकृत कर्मचारीको विषय अझै ठोस भइसकेको छैन ।

यस्तै संसद सचिवालय व्यवस्थापनका लागि सरकारले एक जना सहसचिवको नेतृत्वमा ४ जना संसदको सचिवालयको व्यवस्थापन गर्न पठाउने तयारी गरेको छ । अन्य कर्मचारीको हकमा केन्द्रमा रहेका विषयगत मन्त्रालय तथा सचिवालयबाट प्रदेशमा पनि प्राविधिक कर्मचारी पठाउने आफूले जानकारी पाएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । उनले माथिल्लो तहका कर्मचारी आइतबारसम्ममा आइसक्ने र १ हप्ताभित्रमा सबै काम पुरा हुने आचार्यको भनाइ छ ।

अन्य प्रदेशहरुमा प्रदेशसभाको पहिलो बैठक बस्ने मिति तय भइसक्दा १ नम्बर प्रदेशमा भने अझै आव्हान हुन सकेको छैन । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाङ राजधानी काठमाडौंमै रहेका छन् । सोमबारसम्ममा प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आव्हान गर्ने अपेक्षा गरिएको छ । प्रदेशसभाको पहिलो बैठक कहिले बस्छ र के निर्णय गर्छ सबैको चासो बनेको छ ।

कुन मन्त्रालयको कति काम र कति कर्मचारी ?

क्र.सं. सचिवालय/मन्त्रालय कति काम ? कर्मचारी
१ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय २३ काम २१ जना
२ आन्तरिक मामला तथा कानून मन्त्रालय ४१ काम ४१ जना
३ आर्थिक मामला तथा योजना मन्त्रालय २४ काम १८ जना
४ भौतिक पूर्वाधार विकास मन्त्रालय २२ काम २४ जना
५ सामाजिक विकास (शिक्षा, स्वास्थ्य) मन्त्रालय ५८ काम ३० जना
६ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ६२ काम २९ जना
७ भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय ३२ काम २९ जना
८ प्रदेशसभा सचिवालय – २७ जना
९ प्रदेश प्रमुखको कार्यालय – २५ जना
यो खबर आजको जनविद्रोह दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर