RUMPUM
animated ellipse animated ellipse

गूठीद्वारा चार सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७४, शुक्रबार २०:४२
3
Shares
विराटनगर, १२ माघ / कमला–राजबहादुर कुंवर सामाजिक सेवा गूठीले स्थापनाको तेस्रो वर्षको उपलक्षमा विभिन्न क्षेत्रमा योगदान गर्ने चार जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।

सम्मानीत हुनेमा नेपाली साहित्यको क्षेत्रमा लामो योगदान गरे बापत लक्ष्मी उप्रेतीलाई २५ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी खेलकुदको क्षेत्रमा शिव भक्त जोशी लाई र स्वास्थ्यको क्षेत्रमा राजवती चौधरीलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही १५ हजार राशिको पुरस्कार ,सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको थियो

अरनिको मा.वि. बिराटनगरबाट प्रवेशिका परिक्षा उतिर्ण गरि उच्च शिक्षामा स्नातकोत्तर तहमा काठमाडौ विश्व बिद्यालयमा अध्ययन गरि वातावरण बिज्ञान तर्फ स्वर्ण पदक प्राप्त गर्ने दिपेन दहाललाई ११ हजार राशिको पुरस्कार तथा सम्मान पत्र गरिएको थियो ।

सम्मानित हुनेहरुलाई बिराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुली दोशल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, प्रा. कविराज नेउपाने , डा.सनत बराल, संस्थाकी संरक्षक कमला कुंवरले शुभकामना मन्तब्य राखेका थिए । सम्मान कार्यक्रम गूठीका अध्यक्ष दिनेशराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर