खबर पूर्वाञ्चल
बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले कोसेली महोत्सवको उदघाटन गरेका छन् । महोत्सवमा विभिन्न जिल्लाका घरेलु तथा साना उद्योगहरुबाट उत्पादित विभिन्न बस्तुहरुको स्टलहरु राखिएको छ । मेयर पराजुलीले तराइ देखि पहाड जुम्ला सम्मका कृषहरुलाई आफनो उत्पादन प्रर्दशन गर्न सहयोग पुगेकोले आगामी दिनमा पनि यस्ता अर्गानिक कृषि मेलाहरुको आयोजना हुनु राम्रो हुने कुरा बताए ।
उधोग संगठन मोरङका अध्यक्ष मुकेस उपाध्यायले मेलामा १ सय ६० स्टलहरु राखिएको र जुम्ला देखि तराई सम्मका कृषि उत्पादन,अन्य उपभोक्ताहरुलाई अति आवश्यक बस्तु सामाग्रीहरु मेलामा प्रर्दशन भईरहेको जानकारी दिए ।
महोत्सवमा औद्योगिक उत्पादनहरु, हस्तकला सामाग्रीहरु, सिलाई कटाईका वस्त्रहरु, जुत्ता चप्पलहरु, ढाका तथा उनीका न्यानो कपडाहरु, अर्गानिक खाद्य वस्तुहरु, श्रृगारका साधन, सूचना प्रविधि घरायसी सामाग्रीहरु र विभिन्न किसिमका खानाका परिकारहरु राखिएको छ ।
माघ १६ गते सम्मका सञ्चाल हुने महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ ।