खबर पूर्वाञ्चल
सभाहल मर्मत गर्नका लागि त्यहाँ भएका सबै कुर्सी बाहिर निकालिएको छ । उक्किएको प्लास्टर धमाधम टालिदैं छ । भित्ता, भूइँ, पंखा सबैको मर्मत गरी रंगरोगनको काम पनि स“गै भइरहको छ । मर्मतको जिम्मा पाएको शहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहका अनुसार अहिले सभाहलका पुराना कुर्सी हटाएर रंगरोगन, वायरिङलगायतका काम भइरहेको छ ।
यसैबीच मर्मत सुरु गरिएको सभाहलको संसदयीय अभ्यासअनुरुपले नयाँ डिजाइन गरिएको छ । हलको अग्रभागको मञ्चलाई सभामुख बस्ने स्थानको रुपमा डिजाइन गरिएको छ । सोही मञ्चको पश्चिमपट्टि रहेको ढोकाको चौखट झिकिएको छ । उक्त ढोकाबाट सभामुख आउने–जानेगरी त्यसको मर्मतमा विशेष ध्यान दिइएको छ । मञ्चको अगाडिपट्टि स्टिलको बार लगाउने तयारी गरिएको छ ।
उद्घोष दैनिकमा खबर छ