AArya
RUMPUM
animated ellipse animated ellipse

स्थानीय तहमा कर्मचारी अभाव कर्मचारी माग्दै मेयरको धर्ना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७४, शुक्रबार ०५:५०
3
Shares
विराटनगर, १२ माघ/ मोरङको रंगेली नगरपालिकाकामा कर्मचारी अभाव भएको छ । शिक्षा विभागका कर्मचारी नगरपालिकामा अहिले एउटा पनि छैनन् । ९ वडामध्ये ५ जना वडा सचिव पनि छैनन् । जसले गर्दा नगरपालिकाको काम काज प्रभावित भएको छ । विद्यालय निरीक्षक तथा स्रोत व्यक्ति नहुँदा नगरपालिकाका शिक्षकहरुले ३ महिनादेखि तलबभत्ता पनि पाएका छैनन् ।

‘९ वडा वडा रहेको रंगेलीमा कार्यालयमा सहित १० जना वडासचिवको दरबन्दी छ तर ५ जना मात्रै वडा सचिव छन्,’ नगरपालिकाका प्रमुख दिलिप बगडीयाले भने, ‘शिक्षा विभागमा अहिलेसम्म कोही पनि कर्मचारी गएका छैनन्, पटक पटक पहल गर्दा पनि समस्या समाधान भएको छैन ।’

कर्मचारी अभाव हुँदा समस्या भएको भन्दै बिहीबार रंगेलीका प्रमुख बगडीयासहितको टोलीले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । धर्नामा सहभागी पब्लिक मावि रंगेलीका प्रधानाध्यापक वीरेन्द्रकुमार साहले स्रोत व्यक्ति नहुँदा तलब निकासीका लागि माग फारम कार्यालयमै थन्किएको बताए । उनले छिटो विद्यालय निरीक्षक र स्रोत व्यक्तिको व्यवस्था नगरे कक्षा १० को परीक्षासमेत प्रभावित हुनसक्ने बताए ।

‘३ महिना वितिसक्यो तलब सुविधा लिएका छैनौं,’ साहले भने, ‘परीक्षा पनि नजिक आइरहेको छ, आवश्यक तयारीका लागि शिक्षासँग सम्बन्धीत कर्मचारी नै नगरपालिकामा छैनन्, तत्काल कर्मचारीको व्यवस्था हुनुप¥यो ।’ रंगेली नगरपालिकामा १२ वटा माध्यामिक तहका विद्यालयसहित ३३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

धर्नापछि जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले तत्काल कर्मचारीको व्यवस्थापन गर्ने आश्वासन दिनुभएको प्रमुख बगडीयाले बताए । यस्तै वडा सचिव पनि ५/७ दिन भित्रमा व्यवस्थापन गर्ने जिल्ला विकास अधिकारी शोभाकर रेग्मीले आश्वासन दिएको बगडीयाको भनाइ छ । आजको जनविद्रोहमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर