AArya
RUMPUM
animated ellipse animated ellipse

इटहरी गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र थ्रीस्टार भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७४, बिहीबार २०:३३
3
Shares
इटहरी, ११ माघ / मनाङ मस्याङ्र्दी क्लब काठमाण्डौ इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि नजिक पुगेको छ । उपाधिका लागि उसले थ्रीस्टारसँग शनीबार स्पर्धा गर्ने भएको छ ।

मनाङले पाहुना टोली भारत कोलकताको गरिफा स्पोटिङलाई ३–० गोल अन्तरले पन्छाउँदै फाक्ष्नलको यात्रा तय गरेको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले लगातार गोल गर्न सफल भयो । पाँच विदेशी खेलाडीसहित मैदानमा ओर्लिएको कोलकताले दोस्रो हाफमा आफ्नो शाख जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

राष्ट्रिय खेलाडीले भरीभराउ मनाङ दोस्रो हाफमा उत्कृष्ट लयमा खेल खेलेका थियो । पहिलो हाफको अन्तिम ४४ मिनेटमा मनाङका स्टाईगर सन्तोष साहुखलले गोल अगाडी बढाउँने क्रममा कोलकताका अब्बु बोकाईले फल गदै नियतबस अनुहारमा किक प्रहार गरे पछि रातो कार्ड पाइ मैदानबाट बाहिरिएका थिए ।

दश खेलाडीमा सिमित रहेको कोलकतालाई दोस्रो हाफमा भने मनाङले सुरुवाती देखि नै दवावमा राखेको थियो । एक खेलाडी गुमाउँदै कमजोर बनेको कोलकतालाई दोस्रो हाफको दुई मिनेटमा सुजल श्रेष्ठको राम्रो पासको सदुपयोग गदै स्टाईगर साहुखलले जाली चुमाएका थिए । आफुलाई निकै दवाव महसुष गरिरहेको कोलकता मैदानमा सम्हालिन नसक्दा २२ औ मिनेटमा पुःन साहुखलले अफ्रिकन खेलाडि भेक्टरको पासमा गोल गदै आफ्नो टिमलाई २ –० को अग्रता दिलाएका थिए ।

खेल अवधीभर कोलकताका खेलाडीले दवाव महसुष गरेका थिए । खेलको म्यान अफ द म्याच मनाङका सन्तोष साहुखल घोषित भए । उनले नगद १० हजार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर