पूर्वाञ्चल खबर
फुटबलमा नेपाल दर्शन, दिल्ली पब्लिक, लर्डबुद्धलाई सफलता
स्थानिय सहिद रङगशालामा भएको फुटबलको पहिलो खेलमा विराट भेक्टोरियालाई ७–० गोल अन्तरले पराजित गरी उर्लाबारीको नेपाल दर्शन कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि नेपाल र्दशनकोका म्यान अफ द म्याच दिपेश थापाले चार गोल, रोबट घिमिरेले दुई गोल र सन्जिव गुरुङले एक गोल गरेका थिए ।
दोस्रो खेलमा एभरेष्टलाई २–० गोल अन्तरले पराजित गर्दै दिल्ली पब्लिक स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । जितको लागि बिवेक तिम्सिनाले पहिलो हाफको ११ र दोस्रो हाफको १९ मिनेटमा दुई गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच डिपिएसका तिम्सिना घोषित भए ।
तेस्रो खेलमा शिक्षादीपलाई ३–० गोलले पराजित गर्दै लर्डबुद्ध कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । जितको लागि अजय कार्की खेलको ९ औ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । २८ औ मिनटमा लर्डबुद्धका बिनेस तुलाधार र दोस्रो हाफको १९ औ मिनेटमा जीवन लिम्बुले १ गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच लर्डबुद्धका बिनेस तुलाधार घोषित भए ।
भलिबलमा कन्तिपुर, लर्डबुद्ध, र रेडस्टार विजयी

दोस्रो खेलमा दिल्ली पब्लिकलाई लर्डबुद्ध कलेजले पराजित गरी दोस्रो चरणमा परेको गरेको छ । लर्डबुद्धले १५–२५, २५–१६ र २५–१३ को सेटले पराजित गरी विजयी भएको हो ।
महिलातर्फको भलिबलमा ग्रिनल्याण्डलाई २५–६, २५–१७ को सेटले पराजित गरी पथरीमा रहेको रेडस्टार विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
क्रिकेटमा शिक्षादीप र भानु कलेज अन्तिम चारमा प्रवेश
बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा भानुमेमोरिय कलेजले ग्रिनल्यान्ड कलेजलाई ४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवश गरेको छ । टस जितेर ब्याटिङ गरेको भानुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । जसमा गौरव लाभले ३८ रन र महमद हकले २८ रन बनाए । ग्रिनल्यान्डका जुनालु हकले २ विकेट र अनिल यादवले १ विकेट लिए ।
१ सय २६ रनको विजय लक्ष्य पाएको ग्रिनल्यान्डले निर्धारित ओभर खेल्दै सबै विकेट गुमाइ १ सय २१ रनमा समेटियो । जसमा विसाल राजवंशीले ४१ रन र अनिल यादवले १३ रन बनाए । भानुका म्यान अफ द म्याच नविन यादवले ५ र नितिश शिवाकोटीले २ विकेट लिए ।
दोस्रो खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई ४ रनले पराजित गर्दै अन्तिम चारमाको यात्रा तय गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७६ रन बनायो । जसम राजन मगरले १९ रन र रेवती यादवले १६ रन बनाए । अरनिकोका प्रशान्त पोखरेलले ५ र अविज्ञान यादवले २ विकेट लिए ।
७७ रनको झिनो लक्ष्य पछ्याएको अरनिकोले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७२ रनमै समेटियो । जसमा कृपेश घिमिरेले १९ रन र उसन कार्कीले १४ रन बनाए । शिक्षादिपका सुमन दासले ३ विकेट, रेवती यादव र अनुज यादवले २–२ विकेट लिए । म्यान अफ द म्याच अरनिकोका प्रशान्त पोखरेल भए ।