AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड, अरनिको, मोर्डन एरा र मेरील्याण्डलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७४, मंगलवार १८:५२
3
Shares
विराटनगर, ९ माघ – विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आज भएको भलिबलमा मोर्डन एरा, क्रिकेटमा, ग्रिनल्याण्ड र अरनीको, फुटबलमा ग्रिनल्याण्ड तथा मेरील्याण्ड विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

सहिद रङशालामा भएको फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किडलाई १–० गोलअन्तरले पराजित दोस्रो चरणमा प्रवेश गरेको छ । निकै रोमान्चक भएको प्रतियोगितामा ग्रिनल्याण्डका सन्तोष मारिकले पहिलो हाफको २७ मिनेटमा गरेको गोलनै निर्णायक बनीयाो । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका हिकमान लिम्बु घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कोशी कलेजलाई हराउँदै मेरील्याण्ड कलेज दोस्रो चरणमा प्रवेश गरेको छ । मेरील्याण्डले ४–० गोल अन्तरले कोशी कलेजलाई पराजित गरेको हो । मेरिल्याण्डका विजय पोखरेलले २ गोल र सन्तोष मारिक तथा विवेक खवासले १÷१ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच मेरील्याण्डका पोखरेल घोषित भए ।
भलिबलमा अर्किडलाई २५–१३, २५–१४ को सोझो सेटमा हराउँद मोर्डन एरा दोस्रो चरणमा प्रवेश ग¥यो ।

विराटनगरको बैजनाथपुर रङशालामा भएको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ग्रिनल्याण्ड विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । लर्डबुद्धलाई ३ विकेटले पराजित गरी ग्रिनल्याण्ड क्वाटरफाइलनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको लर्डबुद्धले २० ओभर ८ विकेट गुमाई ९९ सय रनको योगफल तयार पारेको थियो । १ सय रनको विजयी लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १६ दशमलव ४ बलमा ७ विकेटको क्षतिमा सो विजयी लक्ष्य भेटायो । ग्रिनल्याण्डका म्यान अफ म्याच विशाल राजवंशीले दुई विकेटका साथै २० रन बनाएका थिए । लार्डबुद्धका साइरस रोयले २ विकेट लिएका थिए ।

दोस्रो खेलमा मोर्डन एरालाई ७८ रनले पराजित गरी अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले ५ विकेटमा १ सय ३३ रन बनायो जस्मा म्यान अफ म्याच विपुल मिश्रले ६७ रन जोडे । १ सय ३४ रनको लक्ष्य पछ्याएको मोर्डन एराले १८ दशमलव ४ बलमा ५७ रन मात्र जोडेको थियो ।अरनिकोका अविज्ञान यादव र प्रशान पोखरेले समान ३/३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर