AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार साहसहित ६ जना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७४, मंगलवार १६:३३
3
Shares
विराटनगर, ९ माघ – विराटनगरको सबैभन्दा पुरानो सामुदायिक स्कूल आर्दश उच्च माविको ८९ औं वार्षिक उत्सव तथा अभिभावक भेलाकोे अवसर पारेर पत्रकार जितेन्द्र साहसहित चार जना पूर्व अध्यक्षहरुलाई सम्मान गरीएको छ ।

शिक्षा क्षेत्रममा उल्लेखिय योगदान पु¥याएको भन्दै आज स्कूलको वार्षिक उत्सवको अवसर परेर उनीहरुलाई सम्मान गरीएको हो ।

साह कान्तिपुर दैनिकको बरिष्ठ उप–सम्पादक हुन् । त्यस्तै उधोगि राजेन्द्र राउत तथा विद्यालय व्यवस्थापन समितिको पूर्वअध्यक्षहरुमा मदनप्रसाद संग्रौला, विश्वराज पाण्डे, मनोजप्रसाद उपाध्यय र रमेशलाल चौधरीलाई सम्मान गरियो । सम्मानित हुनेलाई काँग्रेस नेता डा. शेखर कोइराला, प्रदेश सांसद केदर कार्की र विराटनगर उपमहानगरपालिकाको प्रमुख तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भीम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा सो विद्यालयमा अध्ययरत विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरी सहभागि सबैलाई मनोञ्जन दिलाए । कक्षा १० सम्म अध्ययरत विद्यार्थीले साँस्कृतिक झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरी सहभागी अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

१९८६ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु प्रधानमन्त्री, मन्त्री तथा विभिन्न क्षेत्रमा पुगेका स्कूलले जनाएको छ ।

त्यस्तै स्कूलले वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रमसमेत आयोजना ग¥यो । रक्तसञ्चार केन्द्रमा रगतको अभाग हुन नदिन रक्तदान गरिएको विद्यालयका प्रधानध्यापक दुर्गाप्रसाद चुडालले जानकारी दिए । उनका अनुसार हाल उक्त विद्यालयको १२ कक्षासम्म १ हजार ५ सय २९ जना विद्यार्थीहरु अध्ययरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर