पूर्वाञ्चल खबर
त्यस्तै पूर्वाञ्चलले ३ सर्वण, १ रजतका दोस्रो स्थानमा चित्त बुझाएको छ भने मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ तस्रो भएको छ ।
आजै भएको पुरुष डबलमा फाइनलमा पूर्वाञ्चलका यूकेश यञ्जन र आषिश बोहराको जोडिले मध्यमाञ्चलका प्रदिप खत्री र व्रिजेश पाण्डेका जाडिलाई ५–२ को सेटले पराजित गरी सवर्ण पदक जितेका छन् ।
त्यस्तै टिम इभेन्ट्समा पूर्वाञ्चलले मध्येमाञ्चललाई ३–२ को सेटले पाराजित गरि स्वर्ण पदक जितेका छन् भने पश्चिमाञ्चल र मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको छ । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदुरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्येपश्चिमाञ्चल र एपिएफ गरि ८२ जना खेलाडिहरु सहभागि रहेका थिए ।
विजयी खेलाडिहरुलाई पूर्वाञ्चल खेलकुद विकाश विकाश समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भएको थियो ।