AArya
RUMPUM
animated ellipse animated ellipse

विद्याकी देवी सरस्वतीको आराधना गर्दै देशभर सरस्वतीको पूजा मनाइँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७४, सोमबार ०६:५८
63
Shares
विराटनगर / विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर आज  श्रीपंचमी अर्थात् सरस्वती पूजा मनाइदै छ ।

आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ ।

हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्ने गर्दछन् । आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ ।

विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका कापी–कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।

देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि भीड रहेको छ ।

तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।

आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर