RUMPUM
animated ellipse animated ellipse

विएफएमको वार्षिकोत्सवमा अवसरमा गजल स्पर्धा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७४, आईतवार १९:०६
3
Shares
विराटनगर, ७ माघ /विएफएम ९१.२ मेगाहर्जको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला गजल प्रतियोगितामा भोजपुरका परशुराम कार्की प्रथम भएका छन् । प्रथम भएका कार्कीले नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै धादिङका प्रदीप पोखरेल द्वितीय भए । उनलाई ४ हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरियो । गजलकार दिङ्लाली कान्छो र हरि कट्टेलको निर्णायक समितिले झापाका कुशल गाउँले र मोरङकी मञ्जु श्रेष्ठलाई तृतीय घोषणा गरेको थियो । उनीहरुलाई क्रमशः २ हजार ट्रर्फी र प्रमाणपत्र प्रदान गरियो । त्यस्तै झापाकी सिर्जना बराललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । उनले १ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रमाप्रसाद रिजाल, समालोचक दधिराज सुवेदी, एफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

विजयी गजलकारलाई मेरिल्याण्ड कलेजका तर्फबाट भेषराज पोखरेलले प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए । देशभरबाट प्राप्त ९७ गजलबाट ३० वटालाई वाचनका लागि छनौट गरिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । ३० जना ५ जनालाई पुस्कृत गरिएको हो । विएफएमले वार्षिकोत्सवका अवसरमा विगत ४ वर्षदेखि हरेक वर्ष गजल प्रतियोगिता गर्दै आएको छ । सोही अवसरमा वरिष्ठ संगीतकार शक्तिबल्लभलाई सम्मान गरिएको थियो । विगत चार दशकभन्दा लामो समयदेखि नेपाली सुगमसंगीतका साथै राष्ट्रिय र चलचित्र संगीतमा योगदान पु¥याएबापत शक्तिबल्लभलाई सम्मान गरिएको विएफएमकी कार्यक्रम निर्देशक निशा खुसीले बताइन् ।

नेपाली भाषा र साहित्यको उन्नयनका लागि एफएमले हरेक वर्ष अब साहित्यकारलाई पनि सम्मान गर्ने कार्यकारी निर्देशक डा. श्रेष्ठले घोषणा गरे । कार्यक्रममा एफएमकी बजार प्रमुख लिना थापा, समाचार संयोजक नेत्रपी अधिकारी, कार्यक्रम प्रस्तोता राधा मण्डलले एफएमले गरेका गतिविधिका विषयमा जानकारी गराए । कार्यक्रममा कविराज पोखरेल, गोकुल अधिकारी, मधु पोखरेल, उमानाथ घिमिरे, भेषराज पोखरेल, मञ्जुश्री गिरी, रामसागर अधिकारी, गायत्रीकुमार चापागाईं, लोचन रिजाललगायतले अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर