AArya
RUMPUM
animated ellipse animated ellipse

गुद्रीका ब्यापारीको हत्या प्रयास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७४, आईतवार ०८:३०
3
Shares
विराटनगर । विराटनगरमा एक ब्यवसायी माथि हत्याको प्रयास भएको छ । प्रदेश राजधानी घोषणा भएको भोली पल्ट भएको घटनाले सुस्त रहेको गुण्डागर्दी पुनः मौलाउने अवस्था आँएको छ ।

घटनालाई प्रहरीले सामान्य लिएपनि ब्यवसायीक क्षेत्रले गम्भिर र चुनौतिको रुपमा लिएको छ । गुद्रीमा सामान्य तरकारी कारोबारबाट उठेर नगरमा ठुलो कारोबारीमा नाम चल्न थालेका पशुपति भगतलाई उनको नाममा रहेको जमिन बिक्रि गर्नै पर्ने दवाव दिंदै शुक्रबार बेलुका हत्याको प्रयास भएको हो । घटनालगत्तै सिद्धिकी ताल बब्बर नामका करातेका पूर्व खेलाडी र भारतीय नागरिक अकोश गुज्रातीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई राति नै पक्राउ गरी अनुसन्धानमा राखिएको वडा प्रहरीका नायव उपरिक्षक सुरेन्द्र सिटौलाले बताए । प्रहरी उपरिक्षक अरुण बिसीले हत्याको प्रयास नभई लेनदेनको विषयमा तर्साउन खोजे जस्तो देखिएको बतँए । भगतको खुट्टा र हातमा तरवारले हानेको गहिरो चोट छ ।

उदघोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर