RUMPUM
animated ellipse animated ellipse

वन समूहद्वारा विपन्नलाई खाट र सिरक वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १९:३१
3
Shares
पथरी, ६ माघ /उत्तरी मोरङको केराबारीस्थित आहाले सामुदायिक वन उपभोक्ता समूहले पाँचजना विपन्न उपभोक्ताहरुलाई खाट तथा न्यानो सिरक वितरण गरेको छ । कार्यालय परिसरमा आयोजित एक समारोहबीच उक्त सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सेक्टर वन कार्यालय सलकपुरका प्रमुख सहायक वन अधिकृत लालबहादुर माझी र वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले विपन्न पाँच परिवारलाई उक्त सामग्री प्रदान गरेका थिए । छनौट भएका विपन्न परिवारमा मनकुमार परियार, रामबहादुर भूजेल, छत्रबहादुर तामाङ, मानबहादुर राई र चन्द्रबहादुर तामाङ रहेका छन् । समूहले वन निर्देशिका २०६५ अनुरुप वन व्यवस्थापनमा २५ प्रतिशत, गरिवी न्यूनिकरण कार्यक्रममा ३५ प्रतिशत, सामाजिक विकास निर्माणका कार्यमा ४० प्रतिशत खर्च गर्ने योजना अनुसार उनीहरुलाई खाट र सिरक वितरण गरेको हो ।

सोही अवसरमा गत साउन २७ र २८ गते स्थानीय मुगु खोलामा आएको बाढीले क्षती पुगेका परिवारलाई २५ हजार बराबारको जिन्सी र ५९ क्युफिट काठ निःशुल्क प्रदान गरिएको थियो ।

आहाले सामुदायिक वनको जम्मा क्षेत्रफल १ सय एघार दशमलब ६ हेक्टर रहेको छ । वनक्षेत्रमा कर्मा, बोध, लामपाते, राजव्रीक्ष, सिमललगायत अन्य कुकाठले भरिएको छ । यस सामुदायिक वनले दुई सय ७६ घरधुरीका १ हजार १ सय ४४ जनसंख्यालाई काठ, दाउरादेखि लिएर वन पैदावर उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर