पूर्वाञ्चल खबर
राखेप च्याम्पियनसिप अन्तरगत आज विराटनगरको जुट मिल स्थितमा रहेको कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलकी मेघाले पश्चिमाञ्चलकी प्रिती बराललाई ४–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेह गरेकी हुन । त्यस्तै मध्यमाञ्चलकी चन्द्रमाया राईले मध्यमाञ्चलकै एलीजा रन्जितलाई ४–० कोे सेटले पराजित गरी फाइनलमा प्रवेह गरेकी हुन् ।
बैजनाथपुर रंगशालाको कोर्टमा पुरुष एकलको पश्चिमाञ्चलका नविन मगर, मध्यपश्चिमाञ्चलका राजकुमार थापा र सुदुरपश्चिमाञ्चलका रोमियो शाही विजयी भइ क्वाटरफाइनलमा प्रवेह गरेका छन् ।
पश्चिमाञ्चलका मगरले एपिएफका सुमन लामालाई ४–१ को सेटले पराजित गरेका छन् । मध्यपश्चिमाञ्चलका थापाले मध्यपश्चिमाञ्चलका गोविन्द नेपाललाई ट्राइब्रेकरमा ७–५ को सेटले पराजित गरेका छन् त्यस्तै सुदुरपश्चिमाञ्चलका शाहीले एपिएफका आयूश्मान घलेलाई ४–२ को सेटले पराजित गरेका छन् ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।