खबर पूर्वाञ्चल
मगर संघ नगर कमिटी पथरीशनिश्चरेको आयोजनामा भएको कार्यक्रममा विविध साँस्कृतिक नृत्यहरु,हुर्रा नृत्य र खेलकुद कार्यक्रम पनि गरिएको थियो । उपस्थित अतिथि लगायत सम्पूर्ण दर्शकहरुलाई स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
सो कार्यक्रमको अध्यक्षता रामचन्द्र रानाको रहेको थियो भने प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं.१ का अध्यक्ष बाबुराम येङ्देन रहेका थिए ।