पूर्वाञ्चल खबर
आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । आन्दोलन अराजकतातर्फ जान थालेपछि प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरको थियो । प्रहरीको लाठिचार्जपछि आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन् ।
धनकुटाको सरस्वती चोक र मदनचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले मदनचोकमा प्रहरीको गाडी नै फुटाएका छन् । प्रहरी प्रमुख सवार ना १ झ १३१४ नम्बरको गाडी तोडफोड र तीनवटा मोटरसाईकल फुटाएका छन् । को २९ प ३७५४, को ३२ प ४४०० र यलम्बर चोकमा को १८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । बन्दकर्ताहरुले लाठी, मुंग्रासहित सडकमा प्रदर्शन गरिरहेका छन् । आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा उल्लेख्य शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल घोषणा गरेका छन् ।