RUMPUM
animated ellipse animated ellipse

डिडिसीमा भ्रष्टाचार शाखा प्रमुखको सरुवा, आयोजना प्रमुख केन्द्र तानिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७४, बुधबार ०८:०९
3
Shares
विराटनगर, ३ माघ/ विराटनगरस्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्यमा पाइने सामान १ लाख ४५ हजारमा खदिर गरेर भ्रष्टाचार गरेको घटनापछि आयोजनाले आन्तरिक कारवाही प्रकृया अघि बढाएको छ

आयोजनाले इन्जिनियरिङ शाखाका प्रमुख परमेश्वर चौधरीलाई केन्द्रीय कार्यालयमा सरुवा गरेको हो ।
निरन्तर घाटामा रहेको आयोजनाले स–साना सामान खरिदमा पनि वास्तविक मूल्य भन्दा पाँच गुणा बढी मूल्यमा सामान खरिद गरेको बिल बनाएर भ्रष्टाचार गर्ने गरेको पाइएपछि छानविनकालागि आवाज उठेको थियो । हरेक खरिदमा बजार मूल्य भन्दा बढी भुक्तानी गरेर अनियमितता गर्ने गरेको एउटा घटनाको बिल भर्पाई सहितको समाचारले पुष्टि गरेपछि व्यवस्थापनले आन्तरिक छानविन पनि अघि बढाएको हो । यद्यपी दुग्ध विकास संस्थानका अध्यक्ष रघुनाथ गौतमले भने आपूmसमक्ष आौपचारिक उजुरी नआएको प्रतिकृया दिए ।

‘मिडियाहरूमा मैले पनि समाचार हेरें, त्यस विषयमा जानकारी भयो तर संस्थानमा औपचारिक रुपमा उजुरी आएको छैन,’ गौतमले भने, ‘तर पनि सार्वजनिक भएको खवरबाट हामी गम्भिर भएका छौं ।’

आयोजनाले २०७४ पुस १२ गते खरिद गरेको एसएस ३०४ ग्रेडको ५ पिस पाइपको भुक्तानीकालागि १ लाख ४५ हजार ७ सय ७० रुपैयाँको बिल मगाको थियो । त्यहि गुणस्तरको पाइप बजारमा आम उपभोक्ताले २५ हजार १ सय ७० मा खरिद गर्न सक्छन् । आयोजनाका लागि काठमाडौंको लाल टे«डिङ कम्प्लेक्सले खरिद गरेको पाइपको मूल्य १ लाख ४५ हजार छ भने विराटनगरस्थित पञ्चकन्या हार्डवेर्सले २५ हजारमा दिएको छ ।

फरक–फरक मूल्यमा एउटै सामान खरिद गरिएपछि त्यहाँ भ्रष्टाचार भएको दावी गर्दै कर्मचारीहरुले नै छानविनको माग अगाडी सारेका हुन् ।

विराटनगर स्थित आयोजनामा सबै कर्मचारीहरुको उचित कार्य विभाजन गर्न नसकेको र कार्यालयमा अनियमितता हुनेगरेको थाहा पाएर पनि रोक्न नसकेको भन्ने प्रतिकृया दिएका आयोजना प्रमुख सरोज सिंखडाको पनि आयोजनाले सरुवाको तयारी गरेको बुझिएको छ । आगामी चैत्र १७ गते अनिवार्य अवकास पाउन लागेका सिंखडाले यस अघि सरुवा मागेको भएपनि व्यवस्थापनले विराटनगरबाटै अबकास हुन आग्रह गरेको थियो । अबकास हुनु केही समय अघि विवादका घटना भएपनि सिंखडा पनि विराटनगर बस्न चाहेका छैनन् भने व्यवस्थापनले पनि उनलाई केन्द्रीय कार्यालय झिकाउने तयारी गरिरहेको छ । यस विषयमा अध्यक्ष गौतमले भने त्यस्तो तयारीबारे जानकारी नभएको बताए । ‘सरुवाको विषयमा व्यवस्थापनले मसँग सल्लाह गरेको छैन,’ गौतमले भने । सिंखडालाई काठमाडौं तानेर विराटनगर आयोजनाको प्रमुखको रुपमा राजेन्द्र अधिकारीलाई पठाउने तयारी गरेको कर्मचारी स्रोतले बताएको छ ।

व्यवस्थापन भने शाखा प्रमुख र आयोजना प्रमुखलाई सरुवा गरेर भ्रष्टाचारको विषय ढाकछोपको पक्षमा देखिएको छ । प्रमाणसहित समाचार प्रकाशन भइसकेपछि छानविनकालागि छुट्टै उजुरीको अवश्यकता पर्दैन त्यसैलाई आधार मानेर छानविन गर्नु पर्नेमा अहिलेसम्म त्यस विषयमा प्रभावकारी पहल लिएको छैन । विराटनगरस्थित आयोजना भित्र संचालनमा रहेको भुस बोइलर, जेनेरेटरलगायत विभिन्न शीर्षकामा ठूलो अनियमितता भइरहेको बताइएको छ । यो खबर आजको जनविद्रोह दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर