AArya
RUMPUM
animated ellipse animated ellipse

३३ केजी सुन तस्करीका अभियुक्त भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७४, मंगलवार १८:५५
3
Shares
काठमाडौं, २ माघ/ एक वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत राजस्थान गंगानगर घर भइ हाल काठमाडौं–२, गैरीधारा बस्दै आएका ३२ वर्षीय राहुल गोयल छन् । गोयल बिशालबजारस्थित सालिमार ज्वेलर्स सञ्चालन गर्दै आएका छन् । उनलाई गैरीधाराबाट प्रहरीले आज पक्राउ गरेको हो ।

गत वर्ष पुस २१ मा विमानस्थलबाट ३३ केजी सुनसहित ३ जना पक्राउ परेका थिए । एयर अरेबियाको विमानबाट ल्याइएको उक्त परिणामको सुनसहित मोरङका दीनबन्धु थापा, नेपालगञ्ज्का गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले पक्राउ परेका थिए ।

उनीहरुसहित घटनामा संलग्न ३३ जनामाथि प्रहरीले मुद्दा दायर गरेको थियो । जून मुद्दामा गोयल फरार रहदै आएका थिए । प्रहरीले बरामद गरेको साढे ३३ किलो सुनमा उनको समेत लगानी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर