खबर पूर्वाञ्चल
राजवंशी समाज उत्थान समिति कन्द्रीय कार्य समितिका अध्यक्ष भुवेनश्वर मण्डल राजवंशीद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा पराम्परापूर्व कालदेखि यस क्षेत्रमा वसीरहेका विराट राजंवशीहरु यस १ नं प्रदेशको नाम विराट प्रदेश हुनु पर्ने विगतदेखि नै मांग गरिरहेकोमा अहिले अव विराटनगरलाई घोषणा गर्न सम्पूर्ण राजनैतिक दलहरुसंग आग्रह गरे ।
अध्यक्ष राजवंशीले विराट राजवंशी समूदाय आदीवासी जनजातिहरुको उत्थानमा लागि अग्रणी भूमिका खेल्दै आएकामा स्मरण गराउँदै यस जातीलाई आदीवासी जनजाती सुचिमा सूचितकृत गर्नु पर्ने वताए ।
यसैगरी समितिका मोरङ अध्यक्ष प्रदिपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका मागहरु परा नभए आन्दोलनको विभिन्न कार्यक्रमको घोषणा गर्ने बताए । विराटनगर राजधानीकालागी सवै पुर्वाधार उपयुक्त भएकाले प्रदेशको राजधानी विराटनगर हुनु पर्ने अध्यक्ष विश्वासको भनााई थियो ।
विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा गरी विराट राजवंशीको करीव ५५ हजार जनसंख्या रहेको छ ।
तपाईको प्रतिक्रिया