AArya
RUMPUM
animated ellipse animated ellipse

राज्यको प्राथमिकता एकातिर, दाताको सहयोग अर्कोतिर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७४, मंगलवार ०८:४१
3
Shares
सरकारले विदेशी दातासँग कस्तो आर्थिक सहायता कसरी लिने भन्नेबारेमा ‘विधि’ (मोडालिटी) तयार पारेको पनि दाताले भने नेपाललाई आफ्नो स्वार्थ पूरा हुनेगरी सहायता उपलब्ध गराउँदै आएका छन् । सरकारी निकायको एक अध्ययनले समेत दातृ निकायले सरकारले बनाएको विधिभन्दा आफू अनुकुल हुनेगरी सहायता उपलब्ध गराएको देखाएको छ ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन’ मा दातृ निकायले नेपाल सरकारले तोकेको प्राथमिकताभन्दा बाहिर गई आर्थिक सहायता उपलब्ध गराउँदै आएको देखिएको छ । डेभलमेन्ट कोअपरेसन पोलिसी, २०१४ (विकास सहायता नीति) मा नेपालले दातृ निकायसँग आर्थिक सहयोग लिनुपर्दाका प्राथमिकताका क्षेत्र निर्धारण गरिएको छ ।

नीतिअनुसार नेपालले निर्धारण गरेको प्राथमिकताको सूचीमा क्रमशः बजेट सहायता, क्षेत्रगत पहुँच, कार्यक्रम सहायता, परियोजना सहायता, मानवीय सहायता र अन्य रहेका छन् ।

तर दातृ निकायले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउँदा भने क्रमशः परियोजना सहायता, मानवीय सहायता, कार्यक्रम सहायता, बजेट सहायता र क्षेत्रगत पहुँचलाई प्राथमिकतामा राखेको देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर