पूर्वाञ्चल खबर
आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै बिराटनगर फाइनलमा पुगेको हो भने दोस्रो सेमिफाइनलमा नेपालगञ्जलाई पराजित गर्दै धनगढी उपाधी नजिक पुगेको हो । फाइनल खेल मंगलबार हुने आयोजकले जनाएको छ ।
पहिलो खेलमा विराटनगरले आयोजक इटहरीलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको इटहरीले निर्धारित १४ ओभरको खेलमा ६ विकेट गुमाउदै ९१ रन बनाएको थियो । इटहरीका लागी गौतम शर्माले सर्वाधिक २९ रन बनाए भने पवन सर्राफले १५ रन बनाउँदा बिवेक मेहेता १४ रनमा नटआउट रहे ।
बिराटनगरका बिवेक यादवले २ विकेट लिदा मिनश थापा, फिर्दोश अन्सारी र दिपक कंडेलले एक–एक विकेट लिए । ९२ रनको बिजयी लक्ष्य पछ्रयाएको बिराटनगर १२ दशमलव ४ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बिराटनगरका लागी म्यान अफ द म्याच मिनश थापाले ३७ रन बनाउँदा अमित यादवले १६ तथा फिर्दोस अन्सारी १७ रनमा नटआउट रहे ।
इटहरीका मनिष दाहालले ३ विकेट तथा सोनु मण्डल र पवन शर्राफले एक–एक विकेट लिए ।
दोस्रो खेलमा धनगढीले नेपालगञ्जलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४७ रनको योगफल खडा गरेको थियो ।
धनगढीका लागी भीम सार्कीले सर्वाधिक ३७ रन बनाए । यस्तै लोकेश बम २२ रन र नारायण जोशी १९ रनमा नटआउट रहदा बसन्त कार्की १४ रन र शेरे मल्लले ११ रनको योगदान दिए । नेपालगञ्जका बिजय चौधरीले २ विकेट र अजय शहनीले १ विकेट लिए । १ सय ४८ रनको बिजयी लक्ष्य पछ्याएको नेपालगञ्ज १९ ओभरमा ६६ रनमा समेटिएपछी धनगढी उपाधी नजिक पुगेको हो । नेपालगञ्जका लागी कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।