CLASSICTECH NET

प्रिन्सीपलबाटै कर्मचारीमाथी बलात्कारको प्रयास

खबर पूर्वाञ्चल, २९ पुष २०७४, शनिबार १९:३६

उर्लाबारी,२९ पौस / मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीका प्रिन्सीपल अजित भट्टराईले बिद्यालयमै कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेपनि घटना बिद्यालयमै मिलापत्र गरिएको छ ।

शुक्रबार विहान बिद्यालयमा काम छ भनी बोलाएर प्रिन्सीपल भट्टराईले ती किशोरीको सम्बेदशिल अंगमा पटक–पटक छोएका थिए । उनले कोही नभएको मौका छोपेर बलात्कारको प्रयास गरेपनि त्यो भने सफल हुन सकेन । ती किशोरीले तत्काल प्रतिपाद गरेपछि प्रिन्सीपल पछि हटेका थिए । त्यसपछि उनी बिद्यालयको काम छोडेर घर फर्किइन् । पीडित किशोरीले आफन्तलाई सो घटनाका बारेमा जानकारी गराएपछि घटनाले नयाँ मोड लियो । तर, ती किशोरीलाई घटना सार्वजनिक भए समाजमा नराम्रो हुने भन्दै केही सामाजिक अगुवा भनाउँदाहरुले दबाब दिएपछि मिलापत्र भएको जानकारी प्राप्त भएको छ ।

प्रिन्सीपल भट्टराईले ती किशोरीको खुट्टा ढोगेर माफ माग्नुका साथै उर्लाबारी क्षेत्रमा शिक्षण पेशा नगर्ने भन्दै घटना मिलाईएको स्रोतको दाबी छ । बिद्यालय परिसरमै भेला भई विभिन्न वहाना बनाउँदै ती किशोरीलाई प्रहरी कार्यालयमा उजुरी नदिन दबाब समेत दिइएको थियो । यता स्थानीयबासीले भने घटनाका आरोपितलाई कानून बमोजिन कार्वाही गर्न माग गरेका छन् । बिद्यालयका प्रिन्सीपलजस्तो जिम्मेवार ब्यक्तिबाट महिला कर्मचारीहरु असुरक्षित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५