RUMPUM
animated ellipse animated ellipse

धुर्मुस सुन्तलीको न्यानो अभियान विराटनगरमा( फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७४, शनिबार १७:०६
3
Shares
धुर्मुस सुन्तलीको न्यानो अभियान विराटनगरमा न्यानो कपडा वितरण गदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल । तस्वीर- पुष्पराज थपलीया/ खबर पूर्वाञ्चल
विराटनगर, २९ पुस/बारा जिल्लाबाट सुरु भएको धुर्मुस सुुन्तली फाउण्डेशनको न्यानो कपडा वितरण अभियान विराटनगर आइपुगेको छ ।

आज विराटनगर आएका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले तीनसय परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।

यस अघि बारा हुदै रौतहट, सर्लाही, धनुषा, महोतरी सर्लाही, सप्तरी हुदै विराटनगर सम्म आइपुगेको हो । यसअघि धुर्मुस सुन्तली फउन्डेसनले २ हजार ९ सय घरपिरवारलाई न्यानो कमल वितरण गरिसकेको छ ।


आज वितरण गरिएको कपडा एनआरएन आरसिसि चाइनाबाट सहयोगबाट उपलब्ध भएको हो ।

बढदो चिसोका कारण पिडित बनेका परिवारहरुकालागि धुर्मुस सुन्तली फाउन्टडेसनले न्यानो कपडा वितरण गरेको हो ।

मेयरको एकलाख सहयोग

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख १ हजार ११ रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

फाउन्डेसनले निर्माण गरिरहेको आवास निर्माणमा सहयोग पुगोस् भनेर व्यक्तिगत तर्फबाट सहयोग गरिएको पराजुलीले जानकारी दिए । तस्वीरहरु-पुष्पराज थपलीया/खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर