CLASSICTECH NET

लुटेको एक घण्टामै समातिए लुटेरा

खबर पूर्वाञ्चल, २८ पुष २०७४, शुक्रबार १८:२७

विराटनगर, २८ पुस / विराटनगरकी एक महिलाको ८२ हजार रुपैयाँ लुटेर फरार भएको लुटेरालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले एक घण्टामा पक्राउ गर्न सफल भएको छ ।

विराटनगर– ८ की हरिप्रिया नेपालको साइकलको ढिकीमा राखेको ब्यागसहित नगद आज दिउँसो २ बजे विराटनगरको सोमबारेहाटमा मोटसाइकलमा आएका दुई जना लुुटेराले लुटेर फरार भएका थिए । लुटिने बितिकै मोरङ प्रहरीलाई उनले फोनबाट मौखिक जानकारी गराएकी थिइन् । मोरङ प्रहरीले तत्काल मोरङका प्रहरी निरीक्षक सुवास भट्टराई, प्रहरी हल्दार भक्तबहादुर विष्टसमेतको टोलीले विराटनगर – ५ जामुनगाछीबाट लुटेरा आज दिउँसो पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिकाका १६ वर्षिय देवा मण्डल, सोही ठाउँका २१ वर्षिय अजय मण्डल पक्राउ परेका
मोरङका प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए ।

नगद लुटेर फरार भएका लुटेरा सुनसरीतर्फ भाग्दै गर्दा प्रहरीको फन्दामा परेका हुन् । लुटेराले लुट्न प्रयोग गरेको मोटरसाइकसमेत चोरीको रहेको पाइको छ मोरङका डिएसपी कोइरालाले भने, ‘उनीहरुसँग थप अनुसन्धना भइरहेको छ ।’ यस अघि पनि यी लुटेरबाट थुप्रै मानिस लुटिएको बताइएको छ ।

पक्राउ परेका अभियुक्तलाई चोरी तथा लुटपाट अन्तर्गत मुद्दा चलाइने मोरङ प्रहरीले जनाएको छ ।

हालसम्म मोरङमा जतिपनि अपराधि क्रियाकलमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको देखिन्छ । यस्तो घटनामा पक्राउ गर्न मोरङ प्रहरीले सादा पोशमा खटिएका प्रहरी परिचालन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५