AArya
RUMPUM
animated ellipse animated ellipse

दाउरा बाड्दै महानगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७४, सोमबार ०८:१३
3
Shares
विराटनगर,२४पुस/चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि विराटनगर महानगरपालिकाले दाउरा वितरण सुरु गरेको छ ।

निरन्तर बढेको चिसोका कारण विपन्न बस्तीको दैनिकी कष्टकर बन्दै गएपछि महानगरपालिकाले आगो ताप्ने दाउरा वितरण सुरु गरेको हो ।

‘हामीले विराटनगर–१९बाट दाउरा वितरण सुरु गरेका छौ ।’ महानगरपालिकाका मेयर भीम पराजुलीले भने ‘विपन्नको बस्ती बस्तीमा आगो ताप्ने दाउरा बाडछौ ।’

उनले वडा कार्यालय मार्फत शनिवार विराटनगर–१९ को मुसहरबस्तीमा दाउरा वितरण गरेको बताए । त्यस्तै आइतवार पनि विभिन्न वडाहरुमा दाउरा वितरण गरिएको पराजुलीले जानकारी दिएका छन् ।

विपन्नहरुको बस्तीरहेको ६, १२, १६ र १८ नम्बर वडामा पनि दाउरा वितरण सुरु गरेको छ ।

महानगरभित्रका विपन्न बस्तीहरुलाई लक्षित गरी लत्ता कपडा पनि वितरण गर्न सहयोगी संस्थाहरुलाई भनिएको पराजुलीले बताए । ‘सहयोगी संस्थाहरुलाई जाडोमा ओढने र लगाउने लुगा वितरण गर्न महानगरले पहल गरीरहेको छ । ’ उनले भने ‘महानगरस“ग आफ्नै स्रोतले वितरण गर्न सक्दैन हामीले पहल गरीरहेका छौ ।’

तापक्रम ७ डिग्री सम्म

निरन्तर बढेको चिसोका कारण शनिवार यो बर्ष कै कम तापक्रम मापन गरिएको छ । हावापानी कार्यालयका फिल्ड इन्चार्ज विकास देउजाका अनुसार शनिवार यो बर्षकै कम ७.७ डिग्री सेल्सियस मापन गरिएको हो ।

शनिवार अधिकतम तापक्रम १०.६ डिग्रिसेल्सियस मापन गरिएको थियो । आइतवार मौसममा केही सुधार देखिएको छ ।

आइतवार अधिकतम १३.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने न्यूनतम ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

विराटनगरको शुक्रवारको न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन गरिएको थियो भने अधिकतम १८ डिग्रीसेल्सियस मापन गरिएको खबर आजको उद्घोष दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर