पूर्वाञ्चल खबर
केही दिनयता बढेको चिसोका कारण बालवालिकालाई स्कुल आउन असहज भएको भन्दै जिल्ला शिक्षा कार्यालयले पाँच दिनकालागि विद्यालय बन्द गरेको हो ।
जिल्ला शिक्षा समिति मोरङको बैठकबसी विद्यालय बन्द गर्ने भएको हो । शिक्षा नियमावली २०६९ को संसोधन सहित भएको व्यावस्था अनुसार हिउँदे र बर्खे बिदाबाट कटौती हुनेगरी आइतवार देखि पाँचदिनसम्म विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सुचना प्रकाशित गरी जानकारी दिएका छन् ।