AArya
RUMPUM
animated ellipse animated ellipse

जेनिथ कलेजमा खेलकुद सप्ताह सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार १७:०३
3
Shares
विराटनगर, २३ पुस/विराटनगर–१० स्थित जेनिथ इन्टरनेशलन कलेजको आयोजनामा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १६ देखि सुरु भएको खेलकुद प्रतियोगिता आज सम्पन्न भएको हो । भलिबल, व्याडमिन्टन टेबलटेनिस, चेस, क्यारमबोर्ड, म्युजिकल चेयरलगायतका खेलहरु प्रतियोगितामा समावेश गरिएको थियो । छात्र र छात्रा समूहमा विभाजित गरेर प्रतियोगिता भएको कलेजका अतिरिक्त क्रियाकलापका संयोजक सन्दीपदास श्रेष्ठले बताए ।

वीवीए तथा एमवीएसका सबै विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता छात्रछात्राहरुलाई पुस २७ गते कलेजको वार्षिकोत्सवका दिन विशेष समारोहका बीच पुरस्कार र प्रमाणपत्र पदान गरिने संयोजक श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर