पूर्वाञ्चल खबर
उनले उर्लाबारी–९ स्थित खोपिडाँडामा रहेको प्रभात आधारभुत विद्यालयमा दुई लाख ७४ हजार ३ सय ८० रुपैयाँ निजी लगानी गरी बिभिन्न भौतिक संरचना निर्माण गरी सहयोग गरेको होे । समाजसेवी श्रेष्ठले विद्यालयमा पर्खाल र मञ्च निर्माण गरिदिनुका साथै रङरोकन तथा घेराबारा निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिए ।
आफूले निर्माण गरेको भौतिक संरचना आज एक कार्यक्रमका बीच समाजसेवी श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गरे ।
सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नती गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको उल्लेख गरे ।
बाल्यअवस्थामा अध्ययन गर्दा विद्यालयमा भौतिक सामग्री अभावका कारण ज्यादै कठिनाई भोग्नुपरेको सुनाउँदै समाजसेवी श्रेष्ठले नयाँ पीँढीले त्यस्तो कठिनाई भोग्नु नपरोस् भनी सहयोग गरेको बताए । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि भविष्यमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयमा भौतिक संरचना निर्माण गरी सहयोग पुर्याउने समाजसेवी श्रेष्ठलाई धन्यवाद दिए । उनले सहयोगदाताहरुको संख्या बढ्दै गएमा समाजमा भौतिक पूर्वाधार निर्माण गर्न समस्या नपर्ने बताए । नगर प्रमुख फागोले नगरपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष रुद्र सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा अरनिको मावि दुर्गापुरीका प्रधानध्यापक कोमलप्रसाद खतिवडा, युवा समाजसेवी युवहाङ तुम्बाहाङफेलगायतले बोले ।