AArya
RUMPUM
animated ellipse animated ellipse

फाटेका जुता फुटवेयर एक्सपोमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७४, बिहीबार २०:४७
3
Shares
विराटनगर । नेपाली जुत्ता घरले आयोजना गरेको जुत्ता चप्पल मेलामा उपभोक्तालाई झुक्याउने खेल भएको छ । गत पुस ५ गतेदेखि आयोजना भएको मेलामा उपभोक्तालाई ७५ प्रतिशत सम्म छुटको व्यावस्था गरेको बताउदै आयोजकले उपभोक्तालाई झुक्याएको हो ।

विराटनगरको फुटवेयर एक्सपोमा म्यानुफेक्चर डिफेक्ट भएको जुत्ता बिक्रि गरिदै आएको छ . जुत्ता चप्पल मेला नाम दिइएपनि बिक्रीमा राखिएका अधिकासं जुत्ता चप्पलमा म्यानुफेक्चर डिफल्ट भएका र बजारमा विक्री नभएका पुराना जुत्ता चप्पल मात्र विक्रीमा राखिएको छ ।
पुष ५ बाट विराटनगरको जैन भवनमा चलिरहेको एक्सपोमा ठगी तथा म्यानुफ्याक्चर डिफेक्ट भएको जुत्ता चप्पल विक्रि भईरहेको उपोभोक्ताहरुले गुनासो गरेपनि अनुगमन गर्न प्रशासनले चासो दिएको छैन् ।

मेलामा ७५ प्रतिशतसम्म जुत्तामा छुट पाउने भनिएपनि कुनैपनि स्टलमा २० प्रतिशत भन्दा बढी छुट दिएको छैन । विषेश छुटको भड्किलो प्रचार सहित विराटनगरमा भईरहेको मेलामा छुट पनि नपाइएको र मेनुफेक्चर डिफेक्ट अर्थात बेच्न अयोग्य जुत्ता बिक्री गरिरहेको उपोभोक्ताको गुनासो छ ।

मेनिफेक्चर डिफेक्ट भन्नाले कुनै पनि वस्तु बनाउदा त्रुटी भएपछि कम्पनीले बेच्न अयोग्य रहेको उत्पादन हो । विराटनगरमा आयोजित फुटवेर एक्सपोमा यस्तै जुत्ता तथा चप्पल विक्री वितरण भईरहेको हो ।

मेलाका स्टलहरुमा विग्रिएको, च्यातिएको, सुलको पेस्टिङ उप्किएका जुत्ता प्रशस्तै पाइएका छन् । मेलामा जुत्ता हेर्न क्रममा उपोभक्ताहरुले छुटको नाममा विग्रिएका ज’त्ता सल्टाउने काम भईरहेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर