खबर पूर्वाञ्चल
विद्यार्थीलाई पढाइ मात्र होइन कि उनीहरूलाई विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप गराउन जरुरी हुन्छ । त्यस अनुरूप विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिीपल टिकाराम पुरीले बताए । खेलकुदबाट शारीरिक स्वास्थ्य हुने र उनीहरूमा भएका प्रतिभासमेत बाहिर आउने भएकोले खेलकुद आवश्यक रहेको प्रिन्सिीपल पुरीको बताए ।
एभरेष्ट स्कूलले आन्तरिक खेलकुद कार्यक्रम अन्तर्गत फुटबल प्रतियोगिता आयोजना गरेको छ । स्कूलले अन्तर हाउस फुटबल प्रतियोगिता गरेको छ । कक्षा ३, ४ र ५ का विद्यार्थीको हाउसबीच भएका खेलमा गण्डकी हाउस विजयी भएको छ ।
आज भएको खेलमा गण्डकीले मेची हाउसलाई टाइब्रेकरमा ३–१ गोलमा हराउँदै विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।