RUMPUM
animated ellipse animated ellipse

मारूती भेन चोरी गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७४, बिहीबार १८:२७
3
Shares
विराटनगर, २० पुस/ विराटनगरमा पार्किङमा राखेको मारुती भेन चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भेन महेन्द्र चोक स्थीत ट्याक्सी स्टेनबाट पुस १ गते चोरी भएको थियो ।

पुस १ गते राती आड बजे विराटनगर–११ जनपथटोलका भेन चालक दुर्गाबहादुर दाहालले पार्किङ गरेर होटलमा खाना खान गएको समयमा हराएको थियो । चारी भएकोे को १ ज १४२३ नम्बरको भेनसहीत चोरी गर्ने मोरङ गोविन्दपुर ६ का राजेन्द्र राजवंशीलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।

भने विराटनगरकै हैदर अलिको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई चोरी अन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर