AArya
RUMPUM
animated ellipse animated ellipse

कमिसनको माग राख्दै ग्यासको विक्री बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७४, बिहीबार १५:५५
3
Shares
विराटनग,२० पुस / कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताहरुले खाना पकाउने ग्यास सिलिण्डरको बिक्री वितरण अवरुद्ध पारेका छन् ।

बिक्रीवापत पाउने कमिशन रकम वृद्धिको माग ग्यास बिक्रेताहरुले बुधबार बिहानबाट ग्यासको कारोबार बन्द गरेका हुन् ।

बिक्रेताहरुले कमिशन बृद्धिको माग गर्दै आ–आफ्ना पसल बन्द गरेर पसलको चावी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ । ग्यास उद्योगहरुले विक्रेताहरुलाई विगत १५ वर्षदेखि कमिशनको रकममा वृद्धि नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगरका ग्यांस बिक्रेता बिकास दाहालले कमिशन बृद्धि नगरिएकाले ब्यवसाय गर्न समस्या भएपछि बिक्रीवितरण अबरुद्ध गर्न आफुहरु बाध्य भएको बताए ।

कमिशन बृद्धिको माग गर्दै विक्रेताहरुले आन्दोलन थाल्ने हल्ला चलेपछि विगत ३ चारदिन देखिनै विराटनगर नगरक्षेत्रमा ग्यांसको कित्रिम अभाव सृजना भएको थियो । विक्री वितरण ठप्प पारिएपछि आम उपभोक्ता समस्यामा परेका छन् ।

बिक्रेताहरुले प्रतिसिलिण्डर ३५ रुपैयाँ कमिशन पाउँदै आएका छन् । कमिसनको रकम बढाउन माग गर्दा सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको विक्रेताहरुको भनाइ छ ।

समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसेपनि सहमति हुन सकेको थिएन । आगामी एकसाताभित्र माग सम्बोधन नभएमा आन्दोलनका अन्य कार्यक्रम सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

कमिशन बृद्धिको माग गर्दै बिक्रेताहरुले आन्दोलन थाल्ने हल्ला चलेपछि विगत केही दिनदेखि विराटनगरमा ग्यासको कृतिम अभाव सृजना गरिएको थियो । अहिले बिक्रेताले पसल नै बन्द गरेपछि आम उपभोक्ता समस्यामा परेका छन् ।

मोरङ जिल्लामा ग्यास बिक्री वितरण गर्ने करिब ३ सय वटा डिलर रहेका छन् । यस्तै जिल्लामा मोरङका दुई, सुनसरीका तीन र झापाका चार उद्योगका ग्यास सिलिण्डरहरु बिक्री वितरण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर