पूर्वाञ्चल खबर
अनसनमा मुस्लिम समाजका आवद्ध भएका पद्धाधिकारीहरु रहेका छन् । ‘प्रयाप्त पूर्वाधार रहेको विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्छ,’ मुस्लिम समाजका प्रवत्ता ओसिम आलमले भने, ‘विराटनगरलाई राजधानी कायम नभएसम्म अनसन जारी रहन्छ ।’ अनसनमा मुस्मिल समाजका अध्यक्ष मण्डलका ताजिम अहमद साहद, अहमद गुड्डु, सचिवालय सदस्यहरु मो। नसरुल, साविर अहमद, सम्स आलम रहेका छन् ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत अनसन सुरु गरेका छौं,’ प्रवत्ता आलमले भने, ‘शुक्रबार विराटनगर वृहत प्रर्दशन गर्नेछौं ।’ विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राखि निकालिने प्रर्दशनीले महानगरपालिका परिक्रमा गर्ने उनले जानकारी दिए ।
मुस्मिल समाजले यसअघि राजधानी विराटनगरलाई बनाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन् ।