AArya
RUMPUM
animated ellipse animated ellipse

विपन्न ४० घर परिवारलाई न्यानो कपडा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७४, सोमबार १९:२०
3
Shares
विराटनगर, १७ पुस/पहिलो पाईला नेपाल नामक संस्थाले विराटनगर ११ केशलिया रोड स्थित मरिक टोलका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले अति निम्न आर्थिक अवस्था भएका ४० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

विराटनगरको मरिक टोलका अति विपन्न समुदायका बालवालिका तथा वृद्धवृद्धालाई लतााकपडा वितरण गरिएको अभियानका संयोजक सुबास गौतमले जानकारि गराए ।

न्यानो माया अभियानका लागि एक हप्ता देखि नयाँ तथा पुराना कपडाहरु संकलन गरिएको थियो । अभियान अन्तरगत अघिल्लो शनिवार बुटवल र यो साता विराटनगरमा कपडा वितरण गरिएको पहिलो पाइला नेपालका पूर्वाञ्चल संयोजक सुमन खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर