पूर्वाञ्चल खबर
यतिबेला उक्त फुटबल संघको निर्वाचनलाई नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाबाट पनि निगाह भइरहेको छ । जहा भ्रष्ट्राचारको आरोपमा विश्व फुटबल महासंघ फिफाको कार्वाहीमा पर्दै १० वर्ष नेपाली फुटबल बाहिर रहेका पूर्वअध्यक्ष गणेश थापा सक्रिय हुन थालेकाछन् । उनको सक्रियतामा नेपाली फुटबलको अवस्था कस्तो थियो फुटबलप्रेमीहरुले थाहा पाएकै हुन् । यससंगै उनले नेपथ्यबाटै, रुपन्देही फुटलबको निर्वाचनलाई म्यानुपुलेट गरिरहेको एक फुटबल पदाधिकारीले जानकारी दिए ।
सोमबार हुने निर्वाचनका अघि थापाले पदाधिकारीहरुलाई फोन गर्दै आफुले चिताएको व्यक्तिले निर्वाचन नजिते, जिल्ला र केन्द्रबीचको सम्बन्ध राम्रो नहने चेतावनी दिएकाछन् ।
हालका अध्यक्ष कुमार केसीले जिते केन्द्रसंगको सम्बन्ध झन् विग्रने र त्यसले जिल्लालाई असर गर्नेछ,” उनले भनेका छन् ।
जिल्लाको निर्वाचनमा कुल २० भोट रहेको छ । निर्वाचनमा कुमार केसी र गणेश थापा निकट ऋषी ज्ञवालीबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुदैछ । केसी भने हालका अध्यक्ष हुन् ।
यस सन्दर्भमा ट्याप गरिएको फोन संवाद यसप्रकार रहेको छ ।