खबर पूर्वाञ्चल
विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, राजनीतिक दलका नेता तथा अन्य संघ–संस्थाको अगुवाईमा राजधानी माग गर्दै ¥याली निकालिएको हो ।
सहिद रंगशालाबाट सुरु भएको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरि महेन्द्र चोकमा पुगेर कोणसभा गरिएको थियो । सभामा बोल्दै विभिन्न नेता तथा अगुवाले विराटनगर भौतिक पूर्वाधार युक्त सहर भएको कारण विराटनगर नै राजधानी बन्नुपर्ने बताएका छन् ।


कार्यक्रममा बोल्दै मोरङका प्रदेश सांसद लिलाबल्भव अधिकारी, केदार कार्कीले प्रदेशको राजधानी बन्नको लागि प्रयाप्त मात्रमा विराटनगरमा पूर्वाधारहरु रहेकाले विराटनगर बाहेक अन्य सहर प्रदेशको राजधानी हुनै नसक्ने बताए ।
त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई राजधानी बनाउन एक महिना अघिदेखि लागी परेको बताए । ‘प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउन आधारसहितको कागजपत्रहरु प्रधानमन्त्री र मन्त्रालयहरुमा बुझाएको छु,’ पुराजुलीले भने, ‘प्रधानमन्त्री र दलका अध्यक्षहरु विराटनरलाई प्रदेशको राजधानी बनाउन सकारत्मक रहरेका छन् ।’ काठमाण्डौ पछिको दोस्रो ठूलो सहर प्रदेश नम्बर १ को राजधानी विराटनगर नै हुने उनले बताए ।
त्यसैगरी उद्योग संगठन मोरङका अध्क्ष मुकेश उपाध्ययले ऐतिहासिक सहर विराटनगरलाई प्रदेशको राजधानी बनाउन दलका नेताहरुले षणयन्त्र गरेको बताए । ‘नेताहरुले जिल्लाको विभिन्न सहरहरुमा पुग्दा ठाउँ नै पिच्छे बोली फेर्ने गरेका छन्,’ उपाध्ययले भने, ‘प्रयाप्त पूर्वाधार रहेको विराटनगरलाई राजधानी बनाउन निर्वाचित सांसददेखि सबै राजनैतिक दल लाग्नु पर्दछ ।
त्यसैगरी कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका संयोजक गोपी आछमी, संघिय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायले विराटनगरलाई राजधानी कायम गर्नुे पर्नेमा जोड दिए । तस्वीर- पुष्पराज थपलीया / खबर पूर्वाञ्चल