खबर पूर्वाञ्चल
क्यारिकेचर गर्ने प्रेरणा कहाबाट कसरी पाउनु भयो ?
प्रजातन्त्र पुनःस्थापना भइसकेपछि २०४८ सालतिर विराटनगरमा एउटा कार्यक्रम भएको थियो । त्यसैबेला नेपालको पहिलो क्यारिकेचर गर्ने ताम्ने शेर्पाले गरेको देखेर मलाई पनि त्यस्तै गर्न मन लाग्यो । यत्तिको गर्दा हुदो रहेछ भनेर मैले पनि सुरु गरे । एक पल्ट गोग्राहा स्कूलमा भएको कार्यक्रममा मैले पुरुसोत्तम सापकोटाको पनि क्यारिकेचर गरेको थिएँ । संयोगले त्यो कार्यक्रममा उहाँ पनि आउनुभएको रहेछ । अनि वहाँले मलाई भेटेर मेरो क्यारिकेचर गर्ने दोस्रो मान्छे भेटें अझ राम्रो गर्नु भनेपछि मलाई अझ हौसला मिल्यो ।
त्यसपछि विभिन्न कार्यक्रममा गर्दै जाँदा नसा भयो, यसै सिलसिलामा २०५५ सालमा लियो क्लब अफ विराटनगरले पूर्वाञ्चल स्तरिय खुल्ला हास्यव्यंग्य प्रतियोगिता ग¥यो । त्यो प्रतियोगितामा पूर्वाञ्चलका सयौं प्रतिष्पर्धीलाई पछि पार्दै म प्रथम भएको थिएँ । त्यसैक्रममा कोही एफएममा ‘डाँडा घरे काका’ भन्ने हास्यव्यंग्यात्मक कार्यक्रम चलाएँ । त्यसपछि भने श्रोताबाट पनि धेरै ‘कमेन्ट’ आउन थालेपछि त मेरो यसप्रति लगाब बढेर गयो ।
क्यारिकेचरलाई पेशाको रुपमा अपनाउन सकिन्छ ?
उपत्यका भन्दा बाहिर चाहीं साह्रै मुस्किल छ । पैसा धेरै पनि नहुने, एकदमै खाँचो पनि नहुने, ठीक ठीक कमाई हुन्छ ।
कुनै टेलिसिरियल वा म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ ?
च्यानल नेपालबाट श्रीकृष्ण लुइटेलको बोके दाह्री नामक सिरियल प्रशासण हुन्थ्यो । त्यसमा मैले बुढो मान्छेको अभिनय गरको थिएँ ।
पहिलो पल्ट क्यामेरा अगाडि देखिँदा कस्तो लाग्यो ?
श्रीकृष्ण लुइटेलले बढो मान्छेको अभिनय गर्नु भनेर मलाई कपाल फुलेको बुढो, लुगा पनि त्यस्तै लगाएर मेकअप गरेपछि ऐनामा हेर्दा मलाई साह्रै हाँस उठ्यो । अरुलाई हँसाउने म त्यतिबेला आफैं हाँसेको थिएँ । क्यामेरा अगाडि उभिदा आइडिया थाहा नभएर सुरुमा २÷४टेक चाहीं लिनु प¥यो तर नर्भस भनें म भइन ।
मोफसलमा रहेर काम गर्न कत्तिको गाह्रो छ ?
पहिलो कुरा त अवसर नै पाइदैन । अनि कहिले काहीं लोकलस्तरमा कार्यक्रम गर्दा राष्ट्रिय कलाकार पनि बोलाइन्छ । त्यसमा हामीले प्रस्तुत गरेका विषय वस्तु र तरिकाहरु राष्ट्रिय कलाकारले टपक्कै टिपेर आफ्नो सिरियल तथा फिल्ममा राख्छन् । तर त्यहाँ न त हाम्रो नाम हुन्छ न त कुनै पारिश्रमिक नै । यस्तो गर्दा हामीले चाही उनिहरुको चोरेको जस्तो देखिन्छ । त्यसैले हामी साना कलाकारहरु मारमा पर्छौ ।
कलाकारहरुलाई राज्यले के गर्नु पर्ला जस्तो लाग्छ ?
भन्न चाहीं कलाकार राष्ट्रको गहना भनिन्छ, तर अहिलेसम्म कलाकारका लागि राज्यले केही गरेको छैन । त्यसैले हामी कलाकारहरु आफैं गर्नु पर्छ । जस्तो सुकै दुःख कष्टमा पनि राज्य हेर्दैन । जस्तो माधव सापकोटा, दिपक आलोकलगायतका कलाकारहरुलाई इलाज गराउन यति गाह्रो प¥यो । कलाकारले काम गर्न सकुन्जेल राज्यले ताली बजाउने हास्ने बाहेक केही पनि गरेन ।
बरु खेलाडिका लागि नेपाल प्रहरी, शसस्त्र वा सेनामा लिइन्छ । अन्य निजी कलेज र बैंकहरुले समेत तलबै दिएर राख्छन्, तर कलाकारका लागि त्यस्तो छैन । राज्यले ५ वर्ष १० वर्ष कलाकारिता गरिसकेकालाई केही न केही काम दिएर सहयोग गरे पलायन हुँदै गएका कलाकार पलायन हुने थिएनन् ।
युवा पुस्ताहरुले चाहीं पश्चिमा संस्कृति अंगालेको अवस्थामा केही निश्चित व्यक्तिहरु मात्र नेपाली संस्कृति जोगाउन लागि परेका छन्, के यो सम्भव छ ?
पश्चिमा संस्कृतिको हामीले नराम्रा कुराहरु मात्र लिइरहेका छौं । तर त्यहाँका वास्तवमा राम्रा कुरालाई हामीले सिक्न सके हाम्रो जीवन धेरै माथि पुग्छ । जस्तो, मदर्स डे, फादर्स डे, ग्राण्ड मदर्स डे, ग्राण्ड फादर्स डे त्यो दिवस पनि त्यहाँ मान्दा रहेछन् । तर त्यो हामीलाई थाहा छैन । हामीलाई त केवल भ्यालेन्टाइन डे र डिस्को थाहा छ ।
त्यहाका सकारात्मक भन्दा नकारात्मक संस्कृति चाहीं बढी अंगालेकोले नेपाली संस्कृति अतिक्रमण भएको हो । सकारात्मक कुराहरु पनि धेरै छन्, त्यसलाई हामीले अंगाल्न नसकेको हो की जस्तो लाग्छ ।
तपाई कति जनाको नक्कल गर्न सक्नुहुन्छ ?
तर मैले नेपाल र अन्य मुलुकका चर्चित व्यक्तिको गरी १६० जनाको नक्कल गरी सकेको छु । अस्ती मैले टेलिभिजनमा हेरेको थिएँ, भारतको एकजना कलाकारले भारतका मात्र १ सय ३० जनाको नक्कल गरेर गिनिज बुकमा नाम लेखाउने भन्दै थिए । तर उनको भन्दा धेरैको नक्कल म गर्न सक्छु । प्रस्तुति : मोहन भट्टराई
तपाईको प्रतिक्रिया