AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चेतना संरक्षणद्वारा पाँचवटा पुरस्कारको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७४, आईतवार १२:३७
3
Shares
विराटनगर, १६ पुस / विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, पत्रकारिता समाजसेवा, धर्मसंस्कृति र ललितकला पुरस्कारको घोषणा गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवाआमाको सम्झनामा स्थापित धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष वरिष्ठ समालोचक डा. लक्ष्मण गौतमलाई समर्पण गरिने भएको छ । पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् ।

त्यस्तै ‘बालकिशन ÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ मणिराज जोशी (धनगढी)लाई समर्पण गरिने भएको छ । सो पुरस्कार समाजसेवी देवकिशन मुन्दडा र देवेनरा परिवारले स्थापना गरेको हो । त्यस्तै समाजसेवी दीनबन्धु गोयल र श्रीमती उषादेवी गोयलले आफ्ना दाजुको सम्झनामा स्थापित ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ वरिष्ठ समाजसेवी एवं एवीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरे (काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष सुवेदी बताइन् ।

प्रतिष्ठानले वरिष्ठ टेलिभिजन पत्रकार दुर्गानाथ शर्मालाई समाजसेवी दिनेश सुवेदीद्वारा भाइको सम्झनामा स्थापित ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने जनाएको छ । साहित्यकार गंगा सुवेदीद्वारा आफ्ना बाबु–आमाको सम्झनामा स्थापित ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरिने भएको छ । सबै पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको सुवेदीले जानकारी दिइन् ।

२०६१ सालमा स्थापित प्रतिष्ठानले पुरस्कार र सम्मान समर्पणका साथै मासिक रुपमा साहित्यिक कार्यक्रम, त्रैमासिक रुपमा ‘चेतना सन्देश’ साहित्यिक पत्रिका र मकालु टेलिभिजनसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’ पनि विगत ५ वर्षदेखि निरन्तर रुपमा प्रशारण भइरहेको छ । घोषित सबै पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवका अवसर पारेर आगामी माघमा विशेष समारोहको आयोजना गरेर समर्पण गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर