AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आरोहण गुरुकुलमा ‘एक रात’ नाटक मञ्चन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७४, शुक्रबार २०:५२
3
Shares
पुष्पराज थपलीया
विराटनगर १४ पुस / विराटनगरको हाटखाल स्थीत आरोहण गुरुकुल नाटक घरमा विश्वेश्वरप्रसाद कोइरालाको कृतिमा आधारित नाटक ‘एक रात’ आज मञ्चन भएको छ ।

मोरङ जिल्लामा रहेका कलाकारहरुको कल्याण कोष स्थापना गराउने उदेस्यका आज एक दिने नाटक मञ्चन भएको हो । विक्रम सम्वत २०३४ साल देखि रङमञ्चमा प्रवेश गरेका विराटनगरका पुराना निर्देशक ईन्द्र परियारले नाटकको निर्देशन गरेका छन् ।

मोरङमा रहेका क्रियाशील कलाकारहरूको सुरक्षा, हक र अधिकारका लागि कल्याण कोष स्थापनाका लागि नाटक मञ्चन गरीएको जनाइएको छ । कल्याण कोष स्थापनाका लागि आवश्यक स्रोत जुटाउन लागि आज एक दिन दुई शो नामक नाटक मञ्चन गरीएकोजनाएका छन् ।

नाटकबाट उठेको रकमले मोरङमा रहेका कलाकारको हकहितको लागि खडा गरीउको मोरङ कलाकार कल्याण कोषमा जम्मा भएको रकम मोरङका कलाकारको हकहितको लागि प्रयोजन गर्ने कोषका संयोजक निरज ब्ल्याकले बताएका छन् । संयोजक ब्ल्याकका अनुसार अभिनय, नाटक, गायन र नृत्य क्षेत्रलाई समेट्ने गरी जिल्लाभरिका कलाकारहरूलाई गोलबद्ध बनाउनलाई कोष खडा गर्न लागिएको बताए ।

‘एक रात’ नाटकमा लक्षमण पुण्य लामिछाने,ईन्द्र परियार, निरज ब्ल्याक, संगिता यादव, विकास पराजुली, सविन भटराई, मुकेश कर्ण, निकेरा नेपाल, अंकिता विश्वास ,गिता कोईराला र रामभक्त कामतलगायतका गुरुकुलमा आवद्ध कलाकारको विजोड अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर