पूर्वाञ्चल खबर
विराटनगरको जैन भवनमा छायांकन गरिएको म्यूजिक भिडियोको निर्देशन अभिनेता जतिन तम्राकारले गरेका हुन् । ‘पुसको सुरुवातदेखि नै बढेको जाडोमा गरेको छायांकन एकदमै रमाईलो भयो,’ निर्देशक जतिनले भने, ‘रिमा र नवनित एक अर्काको माया मा डुबेको दृश्य मनछुने छ ।’ उक्त गीत माया प्रेममा आधारित छ ।
रिमाले पहिलो पटक पूर्वी सहरमा आएर म्यूजिक भिडियोको छायांकन गरिएको बताइएको छ । पूर्वमा आएर सुटिङको यो पहिलो अनुभब रहेको उनले बताइन् । नव कलाकार नवनितलाई पनि नायिका रिमासँगको स्किन शेर गर्न निकै सजिलो भएको बताए । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोमा कोरियोग्राफी समिक्छ्या कार्कीले गरेकी छिन् । स्रोता दर्शकको मन छुने गीत तयार पारीएको र म्यूजिक भिडियो समेत राम्रो बनेकोले दर्शकले रुचाउने गायिका रस्मी अमात्यले बताइन् ।