AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बजार प्रर्वद्धन गर्न जुत्ता चप्पल मेला हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०७४, सोमबार १७:४९
3
Shares
मेलाको बारेमा जानकारी दिदै । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगर, ३ पुस / पूर्वाञ्चलमै पहिलो पटक विराटनगरमा जुत्ता चप्पल ब्यपार मेला हुने भएको छ । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा विराटनगरमा पुस ५ गतेदेखि जैन भवनमा जुत्ता चप्पल ब्यापार मेला सुरु हुने भएको हो ।

नेपाली जुत्ता घरले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेलामा विभिन्न ब्राण्डका जुत्ता, चप्पलहरु रहने बताइएको छ । ‘नेपाली जुत्ताको स्वेदेशमै बजारीकरण र प्रदर्वशन गर्न मेला सुरु गर्न लागेका हौ’, जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘मोफसलमै पहिलो पटक पोखरा र बुटुवलमा मेला सम्पन्न भएको छ । औद्योगि नगरी विराटनगरमा हुने मेलामा राम्रो व्यापार हुने अपेक्षा गरेका छौं ।’ अध्यक्ष उपाध्ययका अनुसार मेलामा ५ वटा ब्राण्डका ७० वटा स्टल रहने जानकारी दिए ।

नेपाली बजारमा ख्यातीप्राप्त शिखर, बि.एफ.डियर हिल, स्कार्य, कोशेली, क्रसरोड, लेदर विङ्गस, टाकुरा, सफटच र शुल्याण्ड प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु मेला पाइनेछन् । उक्त ब्राण्डका स्पोर्टस देखि क्याजुयल, पार्टी अफिसियल, कलेज/ स्कुल र लेडीज तथा सबैमा हुने जुत्ता, चप्पलहरु मेलामा रहनेछ । प्रत्यके जुत्तामा ७० देखि ७५ प्रतिशत छुट दिने बताइएको छ ।

मेला आयोजकले विराटनगरमा हुने मेलाबाट ५ करोड बढीको कारोबार हुने अपेक्षा राखेको छ । ‘मेलामा आउने ग्राहकलाई लक्षित गरी मेला राखेका हौं,’ अध्यक्ष उपाध्ययले भने, ‘यो मेला एक महिला चल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर